देश/प्रदेश

ब्रोकरको संख्या पुनरावलोकन जरुरीः स्कट सीईओ कार्की

Banner

काठमाडौं, २३ वैशाख-

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताएका छन् ।

पूँजी बजार विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेको भन्दै आवश्यक नीतिगत सुधारका प्रयास भइरहेको बताए । ब्रोकर कम्पनी थप हुनुपर्ने विषय उठिरहेको भन्दै उनले यी विषयमा अध्ययन भइरहेको बताए । चाडै ब्रोकर कम्पनीको संख्यामा पुनरावलोकन हुने उनले बताए ।

बजारप्रति सर्वसाधारणको चासो राम्रो रहेको भन्दै यो पुँजी बजार क्षेत्रका लागि राम्रो कुरा भएको बताए । नेपालको सेयर बजारमा युवा पुस्ताको सक्रियता रहेको भन्दै यो एउटा बजारको सकारात्मक पक्ष रहेको उनले बताए ।

बजारलाई परिपक्व बनाउन सेयर बजार र आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने उनले बताए । प्रमुख कार्यकारी अधिकृतले पुँजी बजार विकासका लागि नीतिगत सुधार गर्न नेप्से तयार रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>