देश/प्रदेश

छायाँनाथ राराको मेयरमा दुई पूर्ववडा अध्यक्षसहित पाँच जनाको प्रतिस्पर्धा

Banner

मुगु, वैशाख २३-

स्थानीय तह निर्वाचन आउन एक साता बाँकी रहेका बेला उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार र कार्यकर्ता मतदाताको घरघरमै पुगेर आफूलाई मत दिन आग्रह गरिरहेका छन् ।

छायाँनाथ रारा नगरपालिकाको मेयरमा पाँचजना प्रत्यासी छन् । छायाँनाथ रारा नगरपालिकामा कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी र स्वतन्त्र गरी पाँच जनाको उम्मेदवारी परेको छ ।

जसमध्ये वडा नं ४ का निवर्तमान वडा अध्यक्ष तथा कांग्रेस विष्णुकुमार भाम र वडा नं ५ का निवर्तमान वडाध्यक्ष तथा एमाले उम्मेदवार डम्बरबहादुर रावल मेयरका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>