अपराध

ताप्लेजुङमा वृद्ध आमाबुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Banner

ताप्लेजुङ बैशाख २३ –

ताप्लेजुङ लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बुलाई ७५ वर्षका बुबा बृखबहादुर र आमा ७२ वर्षकी फिपरानी लिम्बुको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले आइतराजले धारिलो हतियार प्रयोग गरी बुबा आमाको हत्या गरेको जानकारी दिनुभयो ।

जाँडरक्सी खाएर झगडा गरी आमाबुबाको हत्या गरेको हुनसक्ने बताइएको छ । प्रहरी प्रशासनले हत्या आरोपित आइतराजलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>