अन्तर्वार्ता

माडीमा अधुरा काम पूरा गर्न म मेयर पदको उम्मेदवार बनेँ: ताराकाजी महतो

अन्तरवार्ता:

Banner

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकाको प्रमुख पदकी उम्मेदवार तारा कुमारी काजी महतो चितवनको राजनीतिमा चिरपरिचित नाम हो । उनी गत स्थानीय निर्वाचनमा माडीको उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् । २०३२ साल भदौ १४ गते माडीको साविक बगौडा ७ मा जन्मिएकी महतोले राजनीतिसँगै विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थाहरुमा काम गरेर सामाजिक पहिचान स्थापित गरेकी छन् । माडीका विभिन्न वडामा वडा सचिव भएर १२ वर्षसम्म काम गर्दै गर्दा उनले राजनीतिलाई सेवाको रुपमा नजिकबाट बुझ्ने अवसर पाइन् । उनीमा राजनीतिक झुकाव बढ्दै गयो । करिब २५ वर्षसम्म स्थानीय जनताहरुसँग रहेर उनीहरुको समस्याहरु बुझेकी तारालाई आदिवासी महिला र आम माडी बासीको समस्या र पीडा सबै थाहा छ । सरल, मिठो बोली र सबैको कुरा ध्यानपूर्वक सुन्न सक्ने खुवीका कारण यस निर्वाचनमा पनि उनी मतदाताहरुको रोजाइमा परेकी छन् । अहिले चुनावी घरदैलोमा सक्रिय रहेकी उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

यसपाली तपाइँले किन मेयरको आकांक्षा राख्नुभयो ?

पाँच वर्षसम्म मेरो पार्टीले मलाई उपमेयर दिँदै गर्दा म अत्यधिक मतले विजयी भएको हो । विजय हुदै गर्दा पाँच वर्ष उपप्रमुखको भूमिकामा रहेर काम गरेँ । मैले काम गर्दै गर्दा मैले धेरै कुराहरु सिकेँ । माडीको समस्याहरु गहिरेर बुझ्न सफल भएँ । हिजो मैले उपप्रमुख हुदै गर्दा र काम गर्दै गर्दा पनि मेरो भूमिका जति थियो त्यो जिम्मेवारी मैले राम्रोसँग बहन गर्न सकेँ । मलाई आँट आयोकी म प्रमुख भएर पनि चलाउन सक्छु । त्यसैले मैले प्रमुखको उमेद्वारी दिएको हो । मैले गर्न नसकेको कामहरुलाई पनि अब म पूरा गर्न चाहन्छु । धेरै दिदीबहिनीहरुको समस्या अन्य माडीका समस्याहरु छन् । त्यो समाधान गर्नको लागि हो ।

यो भन्दा पहिला पनि उपप्रमुख हुनुहुन्थ्यो । के गर्नुभयो त महिलाको लागि ?

न्याय सम्पादन, अनुगमन, अपांगताको कुराहरु र राजस्व प्ररामर्श समितिको संयोजकमा रहेर काम गर्दा जुन जिम्मेवारी दियो मैले सबै जिम्मेवारीमा रहेर काम गरेँ । हाम्रो नगरपालिकामा महिला समिति पनि रहेको थियो । निर्वाचित बाटै हामीले महिला समिति बनाएका थियौं ।

महिलासँग हामीले धेरै कुरा गर्न खोजेका थियौ । हामीले दुई वर्ष कोरोनाका कारणले खासै राम्रो काम गर्न सकेनौं । तर, महिलाको क्षेत्रमा धेरै काम ग¥यौं । जस्तै– हामीले माडीबाट धेरै महिलाहरु ठोरी नाका हुदै बेचबिखनको लागि भारत लाँदो रहेछ भन्ने थाहा पायौं । यो कुरा थाहा पाएपछि हामीले यहाँका होटलहरुसँग अप्रत्यक्ष रुपमा कुरा ग¥यौं । होटलहरु र शंकास्पद ठाउँमा प्रहरी पनि पठायौं । त्यो गर्दा हामीले माडी बेचबिखनको लागि केन्द्र बनेको थाहा पायौं । यहाँ विभिन्न जिल्लाबाट महिलाहरु ल्याउने, राख्ने र भारत पु¥याउने रहेछ भन्ने प्रमाण भेटे पछि हामीले अब चुप्प लागे बस्न हुदैन । हामीले माडी नगरपालिकाबाट बाहिर जाने एउटामात्र नाका बगै नाकाबाट लाने बसहरुलाई सहायता कक्ष बनाएर काम सुरु गरेका थियौ । त्यहाँ काम सुरु गर्दा प्रत्यक वर्षको लगभग सात देखि १८ जनासम्म महिला, बालिका, किशोरीहरुलाई उद्धार गर्न सफल भएका छौं ।

यहाँका महिलाको स्वाथ्य अवस्था दर्दनाक छ । तपाइँ उपमेयर हुदा महिलाको स्वास्थ्य जीवनमा परिवर्तन ल्याउन सक्नुभयो ?

हामी निर्वाचीत भएपछि धेरै काम गरेका छौं, स्वास्थ्य क्षेत्रमा । प्रत्यक वडामा स्वाथ्य केन्द्रहरु छ । सामान्य उपचारमा सर–सल्लाह गर्न अहेब, अनमी र एक जना सहयोगी गरी तीन जना कर्मचारी त्यहाँ हुन्छ । नर्मल कुराहरु त्यहाबाट समाधान भइरहेको छ । हामी आउन भन्दा पहिला थिएन । हामी आएपछि गरेका हौं । पछि बगौंडा अस्पतालमा महिलाहरु गर्भवती हुँदा वा सो क्रममा गर्नुपर्ने दुई वटा भिडियो एक्सरे हाम्रो निःशुल्क हुन्छ । अहिले पनि निःशुल्क छ । यो हामीले सुरुवात गरेको काम हो । बगौडा अस्पतालसम्म सुत्केरी हुन आउन परे घरमा सवारी साधन छैन एम्बुलेन्स चाहिए त्यो पनि निःशुल्क गरिएको छ ।

हामीले पछिल्लो चरणमा कतिपय सुत्केरी र शिशुमा पोषित कम हुने देखियो । त्यस्तो देखिए पछि पोषणको लागि पनि कार्यक्रम गर्नुपर्छ भनेर हामीले पोषणका कार्यक्रम पनि गरेका छौं । त्यस्तो समस्या माडीमा छ जस्तो मलाई लाग्दैन । बाढीको समयमा अलिकति समस्या भनेको पुलहरुको काम अधुरो रहेको छ । धेरै जसो पुलहरु अधुरो रहेको छ ।
पाँच वर्षमा काम सम्पन्न गर्न सक्नुभएन, अहिले पनि तपाइँहरुलाई मतदाताले विश्वास गर्नु पर्ने, जिताउनु पर्ने कारण के ?

धेरै काम भएको छ । केही काम बाँकी छ । चाडै नै सम्पन्न हुने अवस्थामा छ । दुई वटा सम्पन्न नै भइसकेको छ । अब यो हुलाकी सडक विभाग अन्तरगत खोलिएका टेन्डरहरु हुन्छन् । पुलको म्याद हुदो रहेछ । हामी ठेकदारहरु, प्राविधिकसँग भेटेका हुन्छौं । काम रोकिएको छ । अहिले महंगी भएको कारणले आन्दोलनमा पनि हुनुहुँदो रहेछ । त्यसकारणले अहिले रोकिरहेका छ । अहिले पनि वर्षामा इमेरजेन्सी केस भयो भरतपुर लानुप¥यो बाढी आको अवस्था प¥यो भने कठिन छ ।

चुनाव आइराखेको छ । ठेकेदारलाई काम गर भनेर दबाब दिन पनि सक्नुहुदैन होला हैं ?

कुनै ठेकेदारको एक कप चिया पनि मैले खाएको छैन । कुनै ठेकेदारसँग बोल्न मलाई कुनै अपठ्यारो छैन् । आफ्नो पार्टीको भए पनि अपठ्यारो पार्दैन । एउटा के हुदो रहेछ भने नगरपालिकाको टेन्डरमा रहेकालाई हाम्रो कन्ट्रोल लिएर काम गर्न भन्न सक्दा रहेछौं । फरक मन्त्रालयबाट खोलिएका टेन्डरहरु हामीले भन्दा पनि उहाँहरुले अस्वीकार गर्दिने अवस्था छ ।

पाँच वर्ष तपाइँले उपमेयर रहेर काम गरिरहदा आममानिसको जीवनशैलीमा परिवर्तन ल्याउन सके जस्तो लाग्छ ?

हामीले माडी नगरपालिकामा अर्गानिक कृषि र्फम पनि खोलेका छौं । अहिले पनि हेर्न जानुभयो भने राम्रो छ । वडा नंं. ८ मा प्रदेशकै नमुनाको रुपमा एउटा सामूहिक खेती गरेका छौं, आधुनिक तरिकाले । बोटे, दुरा, थारु होमस्टेहरुहरु सञ्चालन गरेका छौं । जीवन परिवर्तन धेरै भएको छ । तर, पूर्ण होइन ।

करिब एक हजार मत अन्तरले तपाइँ उपमेयरमा जित्नुभयो, त्यही आधारमा एमालेले तपाइँलाई उम्मेदवार बनाएको हो ?

पार्टीले आफ्नो किसिमले मूल्याङ्कन ग¥यो मेरो बारेमा । मेरो आफ्नो विचार चाही के छ भने मैले पाँच वर्षसम्म जे काम गरेको छु, राम्रो काम गरेको छु । मैले कसैलाई तेरो मेरो नभनी पार्टी फरक भएको आधारमा विभेद काम गरेको छैन । सबै जनतालाई मेरो भूमिकामा रहेर गर्नुपर्ने काम गरेको छु । पक्कै पनि मलाई विश्वास गर्नुहुन्छ भनेर पनि म आशाका साथ अगाडि बढेको छु । अहिले माडी नगरपालिकामा गठबन्धनबाट प्रमुख उपप्रमुख दुई जना नै पुरुष हुनुहुन्छ । म मात्र महिलाको प्रतिनिधित्व गरिरहेको छु । त्यसकारणले संविधानले व्यवस्था गरे अनुसार प्रमुख उपप्रमुख मध्ये एकजना महिला व्यवस्था हुँदा हुदै पनि अहिले माडी नगरपालिकामा म एक जना मात्रै प्रमुखको उमेद्वार भएको हुनाले मलाई यसमा नी आशा छ कि महिला दिदीबहिनीहरुले यस पटक महिलाको नाताले र मेरो ५ वर्षको अनुभावका कारण मत दिनुहुन्छ र विजय गराउनुहुन्छ ।

ऋषिराम काफ्ले तपाईको प्रतिस्पर्धी हो कि होइन् ?

हो ! उहाँ फरक दलबाट आउनु भको छ । म फरक दलबाट छु । चुनाव हो प्रतिस्पर्धा त हुनेनै भयो ।

कतिको मतान्तर निकाल्नु हुन्छ यसपाली तपाइँले ?

अहिले ठ्याक्कै मैले अनुमान गर्न सकिन । तर, पनि मेरो अनुभवको हिसावमा मैले यो ठाउँलाई जति चिनेको छु त्यो हिसावले पनि म विजयी हुन्छु भन्ने मलाई लागेको छ ।
आदिवासी र महिलाहरुको मतलाई विजयको जुन आधार मान्नु भएको छ । यो अपेक्षा काफ्लेले पनि गर्नुभएको छ र जितको अड्कल गर्नुभएको छ नी ।
अड्कल गर्न पाइन्छ । परिणाम त भोलि देखिने हो ।

अहिले गठबन्धनबाट कुनै चौधरी उमेद्वार नभएकोले सजिलो छ भन्ने तपाइँ र तपाइँको पार्टीको आकलन हो ?

त्यहीमात्रै आधार हुदैन । अरु पनि आधार हुन्छ । मैले भने नी पाँच वर्षको अनुभव मेरो जे छ । हिजो म उपप्रमुखको भूमिकामा थिएँ भने अहिले कार्यकारी भूमिकामा आउँदै छु । यो भूमिकामा रहेर मैले जुन माडीका अधूरा कामहरु कहाँ छन् कहाँ धेरै काम गर्नु छ त्यो कुरा त मैले बुझेको छु नि त । र, मैले गर्न सक्छु । मैले के निर्धक्क भन्न सक्छु भने हामी जहाँ महिलाको प्रतिनिधित्व रह्यो गत २०७४ को निर्वाचनमा हामी जहाँ जहाँ निर्वाचित भयौं कार्यकारी भूमिकामा अहिले त्यो स्थानीय तहमा बेरुजु कम छ । भ्रष्टचार कम छ । सुशासनको प्रत्याभूति भएको छ । त्यो हिसाबले पनि महिलाहरुको काम गराई शैली राम्रो हुन्छ । हुन त अब महिलाहरुलाई यति सहजै विश्वास गर्दैनन् । पुराना संस्कार छ मानिसहरुमा । तर, यस्तो होइन जिम्मेवारी दिइसके पछि हामी पनि जिम्मेवार बन्न सक्छौं । काम गर्न सक्छौं । अहिले ठूला ठूला संघसंस्थाहरु सहकारीहरु महिलाले चलाउनु भएको छ । यद्यपि प्रमुख उपप्रमुख, मन्त्रीहरु पनि महिला हुनुभएको छ । हिजो भरतपुर महानगर पनि महिलालेनै चलाउनु भएको हो । राप्ती नगरपालिका पनि महिलाले चलाउनुभको हो । उहाँहरु सुरु देखि सिकेर आउनु भएको थिएन नी । आफ्ना जिम्मेवारी उहाँहरुले पाइसके पछि उहाँहरुले गर्नुभयो । त्यो आधारले पनि हामी महिला कमजोर हुदैनौं । जिम्मेवारी यदि हामीलाई दियो भने हामी गर्न सक्छौं । र एकलैले सबै गर्ने होइन । त्यहाँ प्रशासन हुन्छ, कर्मचारी हुन्छ, कार्यपालिका हुन्छ, केहि परे विज्ञे हायर गर्न सकिन्छ । अरुको सल्लाहा लिन सकिन्छ । सबै दलहरुको पनि सल्लाह सुझावले चल्ने कुरा हो । त्यसकारणले त्यति असहज छैन र अपठ्यारो पनि छैन् ।

मेयर हुँदै गर्दा सिंगो माडीलाई तपाइँ कस्तो बनाउनु हुन्छ ?

शिक्षा, स्वाथ्य, खानीपानी, सरसफाइ, विकास निर्माणका कुरा लगायत अन्य बाटो, कलभर्टका कुरा सबैलाई हामीले एकदमै समान रुपमा अगाडि बढाउँछौं । एउटा मात्र काम अगाडि बढाएर यो माडी पूर्ण हुदैन । यहाँ रहेका धार्मिक सांस्कृतिक पर्यटक, कृषि प्रवद्र्धनका कुराहरु छन् । धेरै कुराहरुलाई समेटेर लानुपर्ने छ । म यी सबै कुराहरुलाई पूरा गर्न सक्छु । माडी नगरपालिकामा आन्तरिक बजेट कम हुदा हुदै पनि हामीले विभिन्न स्रोतहरु खोजेर अहिले माडी नगरपालिकाको बजेट बढाएका छौं । यो हिसाबले पनि काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ । समन्वय सहकार्य गर्ने कुरा आफ्नो ठाउँमा छ । मुख्य कुरा के हुदो रहेछ भने आफ्नो भूमिका कहाँसम्म हो जिम्मेवारी के हो, भन्ने हुँदो रहेछ । त्यस कारणले म काम गर्नसक्छु र ढुक्क छु ।

चुनाव आएपछि निकुञ्जको बाटोलाई सबैले एजेन्डा बनाउँछन् । तपाइँ आस्वासन के छ भरतपुर माडी जोड्नलाई ।

राष्ट्रिय निकुञ्जको बाटोको लागि हामी दुई तीन पटक डेलिगेसन पनि गएका हौं । त्यति बेला हामीले प्रधानमन्त्रीदेखि लिएर वन मन्त्री सबैलाई भेटेका हौं । यहाँ विविद्य कारण छन् । कानुनी हिसाबले पनि त्यहाँ अबरोध छ भने अन्य कुराहरु पनि छ । राष्ट्रिय निकुञ्ज नभएर विश्व सम्पदा सूचीमा परेको हुनाले अन्य निकायहरुले पनि अनुमति दिनुपर्ने, आफ्नै खुसीले बनाउन नपाइने जस्ता कुराहरु छ । यसमा हामीले सहजीकरण गर्न धेरै प्रयास गरौं । यही कारणले यतिसम्मको बाटो निर्माण भएको हो । हामीले यसलाई धुलो रहित बाटो बनाउने भनेर पनि काम अगाडि बढाउनु पर्छ भनेर हामीले सोचेको हो । तर, विविध कारणले त्यहाँ अहिले रोकिएको छ । यधपि कतिपय कुराहरु नगरपालिकाले आफैले गर्नसक्ने हुन्छ । केहीमा सहयोग लिनुपर्ने हुन्छ । अनुमति लिनुपर्ने हुन्छ । त्यो हिसाबले पनि भनेका कुरा सबै गरिन्छ भन्दा पनि मैले मेरो घोषणा पत्र, प्रतिबद्धता पत्र बनाउँदै गर्दा कुनै परिकल्पना गरेर होइन, गर्न सक्ने काम हाम्रो स्थानीय सरकार सञ्चालन ऐनको २२ वटा एकल अधिकार क्षेत्र जुन हामीलाई दिएको छ । यसलाई नै ध्यानमा राखेर हामीले गर्नुपर्ने काम हामीले गर्नुपर्छ । अरु साझा अधिकारको कुरा प्रदेश सँग बाझिएका कुराहरु छन् । त्यो कुराहरुलाई प्रदेशसँग सहकार्य गरे पनि गर्न सकिन्छ ।

माडीलाई माओवादी केन्द्रले गढ ठान्दै आइरहेको छ । कति को चुनौती छ जित्नलाई ?

खासै गारो होला जस्तो मलाई लाग्दैन । हुन त यो चुनाव हो । प्रतिस्पर्धा हो । म एउटा मात्र कुरामा के ढुक्क छु भने म पाँच वर्षको अनुभवी हो । त्यसकारणले अधुरा कामहरु मैले बुझेको छु । यहाँको समस्या तल्लो बिन्दुसम्म गएर मैले बुझेको छु । त्यो हिसाबले अब मलाई काम गर्न सहज हुन्छ । एक चोटी यो अवसर मलाई माडी बासीले दिनुहुन्छ भन्ने मलाई विश्वास छ ।

भूमिहिनलाई निस्सा बाडिसकेको छ । यो पनि माओवादी बलियो हुने आधार हो भनिएको छ नी ।

निस्सा माओवादी केन्द्रले बाडेको होइन नि । निस्सा सुकुमबासी समाधान आयोगको काम कर्तव्य र अधिकार भित्रको हो । नगरपालिकालाई जे जति अधिकार थियो । त्यो अधिकार क्षेत्र भित्र बसेर हामीले काम गरेर नगरपालिकाले बाडेको हो । माओवादीले बाडेको होइन ।

निर्वाचित भएर आउनुभयो भने सुकुमबासी समस्यालाई कसरी समाधान गर्नुहुन्छ ?

यो अधिकार क्षेत्र आयोगलाई छ । हामीले यो काम छिटो गर्नुप¥यो भनेर पहल गर्ने हो । अझै पूर्णरुपमा हामीले निस्सा प्रदान गर्न सकेका छैनौं अब विजय भएर फेरि यसलाई निरन्तरता दिने हो । यस कामको लागि समय लाग्छ । हामी आत्तिनु हँुदैन । अहिले चुनावको माहोल छ । यो लगतै यसलाई हामी निरन्तरता दिन्छौं ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>