देश/प्रदेश

हारेको प्रचण्ड, माधव नेपाल होइन केपी ओली होः अध्यक्ष प्रचण्ड

Banner

काठमाडौं, वैशाख २२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हारेको वास्तविकता जनताले नबुझ्दा आफू खिन्न हुनुपरेको बताएका छन् ।

चितवनमा बिहीबार संयुक्त सभालाई सम्बोधन गर्दै संसद विघटन देखि पार्टी विभाजनसम्ममा ओली पराजित भएको उनले बताएका हुन् ।

‘हारेको प्रचण्ड, माधव नेपाल होइन केपी ओली हो,’ अध्यक्ष प्रचण्डले भने, ‘यो कुरा तपाईँले नबुझेको सुन्न पर्दा खिन्न महसुष भएको छ ।’

उनले ‘लकिरको फकिर’ भएर लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । उनले गठबन्धनको विरोध गरिरहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई इङ्गीत गर्दै भने, ‘विधि, पार्टी र पद्धती बाहिर गएर कोही व्यत्ति विर पनि हुने स्थित अहिले नेपालमा छैन ।’

सम्बोधनका क्रममा उनले सहमति सहकार्य र एकता आजको पनि आवश्यकता रहेको जनाए । गठबन्धन बनेको दिनदेखि यसलाई तोड्ने प्रयास भएका दाबी उनले गरे ।

‘हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ । तपाईँको साथ सहयोग भयो भने, उत्प्रेरणा भयो भने यो गठबन्धन दशकौं जान्छ । यो स्वभाविक र प्राकृतिक गठबन्धन हो,’ अध्यक्ष प्रचण्डले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>