देश/प्रदेश

जुम्लामा पहिरोमा पुरिएर दुई जना बालकको मृत्यु

Banner

जुम्ला, वैशाख २२-

तिला गाउँपालिका–२ डुडेलीमा सुख्खा पहिरो आउँदा पुरिएर २ जनाको मृत्यु भएको छ ।

रण बहादुर बोहोराको घरको जग उठाउँदै गरेको अवस्थामा बुधबार माथिबाट सुख्खा पहिरो आउँदा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर उक्त स्थानमा खेलिरहेका रण बहादुर बोहोराको छोरा ३ वर्षीय शिशिर बोहोरा र सोही ठाउँ बस्ने दल बहादुर रावतको छोरा ३ वर्षीय हिमेश रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा दुई जना बालक पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रारालिहि र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उद्धारका क्रममा उनीहरूको शव फेला पारेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>