देश/प्रदेश

कांग्रेस–एमाले र माओवादी–समाजवादी गठबन्धन बीच झडप

Banner

रोल्पा, २२ वैशाख-

रोल्पामा कांग्रेस–एमाले गठवन्धन र माओवादी–एकीकृत समाजवादी गठबन्धन वीच झडप भएको छ ।

झडपमा परि माडी गाउँपालिका वडा नं। ३ का कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मीनवहादुर डाँगी घाइते भएका छन । माडी गाउँपालिका वडा नं। ३ को चुनावी सभा सकेर फर्कने क्रममा दुई समूह बीच झडप भएको हो ।

वडाध्यक्षका उमेदवार डाँगीमाथि एकाएक आक्रमण भएको नेपाली कांग्रेसका नेता पशुपति घर्तीमगरले बताए । ‘टाउकामा चोट लागेका घाइते डाँगीलाई थप उपचारका लागी नेपालगञ्ज पठाएको छौं,’ घर्तीमगरले भने ।तर माओवादी–एकीकृतसमाजवादी गठबन्धनले आफूहरुलाई कांग्रेस–एमाले गठबन्धनवाट आक्रमण भएकोले प्रतिवाद गरेको बताएको छ ।

‘सुरुमा उनीहरुले हामी माथि आक्रमण गरेपछि घटना घटेको हो’, नेकपा एकीकृत समाजवादी रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले भने, ‘हाम्रो तर्फका ५ जना साथीहरु घाईते भएका छन् ।’ प्रहरीले भने घटना सामान्य भएको वताएको छ । दुई पक्षबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

‘घाईतेहरुको अवस्था पनि सामान्य छ’, घिमिरेले भने, ‘द्धटना भएको जानकारी पाउने वित्तिकै प्रहरी टोली घटनास्थल पुगेर घटनालाई सामान्यीकरण गरिसकेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>