देश/प्रदेश

अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण

Banner

वासिङटन, २२ बैशाख-

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार उहाँलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाएअनुसार उहाँले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसक्नुभएकोले उहाँलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

उहाँ अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहनुभएको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले विदेश मन्त्री ब्लिंकेनले हाल कुनै पनि अप्ठेरो महसुश नगर्नुभएको र घरबाटै काम गर्नेगरी तयारी गर्नुभएको पनि जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>