देश/प्रदेश

माओवादी केन्द्र बर्दिबासको प्रतिबद्धताः वार्षिक पाँच सय जनालाई रोजगार दिनेदेखि पर्यटन करिडोर बनाउनेसम्म

Banner

महोत्तरी, वैशाख २२-

नेकपा माओवादी केन्द्र बर्दिबासले आसन्न स्थानिय निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रम गरी स्थानीय तहमा निर्वाचित भएपछि पाँच वर्षसम्म गर्ने प्रतिबद्धता र पाँच वर्षपछिका आधारहरू घोषणापत्रका माध्यमबाट सार्वजनिक गरेको हो ।

घोषणापत्रमा युवा स्वरोजगार र रोजगारलाई मुख्य प्राथमिकता दिइएको छ । वार्षिक पाँच सयभन्दा बढी युवाहरूलाइ नगरभित्रै स्वरोजगार र रोजगार सिर्जना गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

विकाशका पूर्वाधारमा समेत आमूल परिवर्तन गर्ने बताउँदै उक्त घोषनापत्रमा धुलाम्य सडकबाट मुक्त बनाई वार्षिक १५ किलोमिटर सडकलाई पक्की बनाउने नीति लिइने बताइएको छ ।

सबै प्रकारका सडक कम्तिमा चार मिटरको हुनुपर्ने नियम लागू गर्नेदेखि लिएर आवश्यक स्थानहरूमा फलाइ ओभर बृज र अन्डरपास निर्माण गर्ने नीति लिइने उल्लेख गरिएको छ ।

नगरवासीहरूलाई निःशुल्क उपचारको लागि स्वास्थ्य बिमा परियोजनालाई गतिशील बनाउने, सुविधासम्पन्न सर्पदंस उपचार केन्द्र, एक वडा एक योग ध्यान केन्द्र, विपन्न र दीर्घरोगीहरूको लागि नगर स्वास्थ्य कोष स्थपना गरी निःशुल्क उपचारको व्यवस्था गरिने, बर्दिबासलाई सुविधा सम्पन्न, आधुनिक उपकरणसहित सय शय्याको अस्पताल स्तरोन्नति गरिने बताइएको छ ।

आधिकारिक स्वामित्वको आधारमा तुरुन्त लालपुर्जा वितरण गर्नेदेखि किसान परिचयपत्र बनाउने, आधुनिक गोठ, खोर तथा पशुपालनमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिने पनि माओवादी केन्द्रले नीति बनाउने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>