देश/प्रदेश

केपी ओली देशीविदेशी शक्तिका मोहराः टंक राई

Banner

खोटाङ, वैशाख २१–

नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले वर्तमान गठबन्धन केपी ओलीविरुद्ध नभै उनलाई मोहरा बनाउने देशी विदेशी शक्तिविरुद्ध भएको बताएका छन् ।

खोटाङमा गठबन्धन दलले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले ओलीलाई मोहरा बनाएर मुलुकलाई असफल बनाउन उद्यत शक्तिका विरुद्ध वर्तमान गठबन्धन भएको बताएका हुन् । ुहामी केपी ओलीविरुद्ध गठबन्धन गरिरहेका छैनौं । एउटा व्यक्तिका विरुद्ध यत्रो गठबन्धन बनाएर लाग्न जरुरी छैन । केपी ओलीलाई मोहरा बनाएर हाम्रो मुलुकलाई अस्थिर बनाउन, संविधानलाई कार्यान्वयन हुन नदिन, प्रतिगमन गर्न र मुलुकलाई तहसनहस बनाउन पछाडिबाट ठूलठूला प्रतिक्रियावादी शक्तिहरू लागिपरेका छन्,ु पूर्वसांसदसमेत रहेका राईले भने ।

अनुशासन आयोग प्रमुख राईले निर्वाचनमा पत्तासाफ हुने छनक देखेर एमालेले विक्षिप्त अवस्थामा राप्रपा र परिवार दलसँग गठबन्धन गर्ने निर्णय गरेको दाबी गरे ।

अर्को प्रशंगमा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख राईले बाम लोकतान्त्रिक संयुक्त आन्दोलन नै नेपालको निकास भएको उल्लेख गरे । उनले मुलुकमा कुनै पनि आन्दोलन सफल हुनुमा बाम र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको ऐतिहासिक शिक्षाबाट वर्तमान गठबन्धन बनेको बताए ।

ुकुनै पनि आन्दोलन सफल हुनुमा बाम र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको छ । यो ऐतिहासिक शिक्षा हो । यो हाम्रो नेपाली जनआन्दोलनको इतिहासले स्थापित गरेको चरित्र हो, राईले भने,यो गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन वा अमुक मान्छेलाई मेयर उपमेयर बनाउन गठबन्धन भएको होइन । यो बाध्यताभन्दा पनि मुलुकको आवश्यकताले भएको हो । जन विरोधी, नेपाल विरोधी शक्तिले नेपाललाई अस्थिर, कमजोर र असफल राष्ट्र तुल्याउनका लागि गरिरहेको षडयन्त्रका विरुद्धमा लोकतान्त्रिक वाम शक्ति एक ठाउँमा उभिनुपर्ने आजको ऐतिहासिक आवश्यकताको हो ।

उनले नेपालको जनआन्दोलनको चरित्र संयुक्त आन्दोलन भएको स्पष्ट पारे । लोकतान्त्रिक र बाम शक्ति एक ठाउँमा नउभिएसम्म कुनै पनि किसिमको परिवर्तन हुन नसकेको उनको टिप्पणी थियो ।

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजिमय, संघीय महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज समिता कार्की अस्मिता र नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव राजन आचार्यले गठबन्धनलाई तल्लो तहसम्म बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । –न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>