देश/प्रदेश
आईजीपी नियुक्ति निर्णयविरुद्धको पोखरेलको रिटमा आज सुनुवाइ
०

काठमाडौं, वैशाख २१-
नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि आज बुधबार मिति तोकेको थियो ।
वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेको दाबीसहित पोखरेल गत सोमबार सर्वोच्च पुगेका हुन् । सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए । मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























