देश/प्रदेश
कर्मचारी देवराज ओझालाई यातना नदिइएको वायुसेवा निगमको स्पष्टोक्ति
०

काठमाडौँ, २० वैशाख-
नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ुएक कर्मचारीलाई यातना दिएर बेहोस शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पु¥याइएको जनाएको छ ।
अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताउनुभयो । कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ मात्र गरिएको जानकारी उहाँले दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























