Uncategorized

चितवनमा सूचना प्रविधिबारे अन्तरक्रिया

Banner

 

चितवन, वैशाख १९

उद्योग वाणिज्य संघ–चितवनले व्यवसाय प्रवद्र्धन र सूचना प्रविधिबारे अन्तक्रिया गरेको छ ।

उद्योग वाणिज्य संघ–चितवन र कम्प्युटर एशोसियसन अफ नेपाल चितवन शाखाको संयुक्त आयोजनामा व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिबारे अन्तरक्रिया भएको हो ।

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा आायोजित उक्त कार्यक्रमा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई कसरी सूचना प्रविधिसँग जोड्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । अध्यक्ष श्रेष्ठले अबको व्यवसाय प्रवद्र्धन हार्डवर्किङको जमानाबाट नेटवर्किङको जमानामा प्रवेश गरिसकेकोले प्रविधि र व्यवसायलाई जोड्नुपर्ने धारणा राखे । उनले अहिलेको बजार बृहत् भएको बताउँदै प्रतिस्पर्धात्मक रुपमा आफूलाई प्रविधिमैत्री बनाउन व्यवसायीलाई अनुरोध गरे ।
सोही कार्यक्रममा कम्प्यूटर एशोसियसन अफ नेपालका कार्यकारिणी सदस्य भानु शर्माले अबको व्यवसाय सूचना प्रविधिमैत्री हुनुपर्ने धारणा राखेका थिए । त्यसैगरी व्यवसाय प्रवद्र्धन र सूचना प्रविधिबारे कानुनका विज्ञ राजनराज पन्त र कम्प्युटर एशोसियसन महासंघका कार्यसमिति सदस्य कृष्ण पोखरेलले प्रस्तुतिकरण दिएका थिए ।
उक्त कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी, तृतीय उपाध्यक्ष सिरिष पन्त, क्यानका वागमती प्रदेश उपाध्यक्ष विष्णुप्रसाद लामिछाने, उद्योग वाणिज्य संघ–चितवका कार्यसमिति सदस्य, संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो । करिब ८० जना व्यवसायीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कम्प्युटर एशोसियसन अफ नेपाल चितवन शाखाका अध्यक्ष एवम् उवासंघ चितवनका कार्यसमिति सदस्य सन्तोषजनक भुसालले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>