देश/प्रदेश

पत्रकार दिवाकर मैनाली नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित

Banner

काठमाडौं, वैशाख १९-

नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दिवाकर मैनाली सम्मानित भएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पत्रिका दैनिकका पत्रकार मैनालीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित गरेकी हुन् । पत्रकार विजयरत्न तुलाधर पनि नातिकाजी पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

नातिकाजी स्मृति समाजले आयोजना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सम्मानतर्फ गायन विधामा नुपुर बनर्जी भट्टाचार्य सम्मानित भएकी छन् । नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बीबी थापा (रचना), नारयाणदास कार्की ढली(बाद्यबादन), शिला पनत (रचना), सीताराम पोखरेल (गायनररचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रारसंगीत), शीतल कादम्बेनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिएको छ ।

यसैगरी नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी ९रचना०, सन्तोष श्रेष्ठ ९संगीत०, निशा देशार ९गायन० र शिव परियार ९गायन० लाई प्रदान गरिएको छ ।

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डीपी दाहाल ९रचना०, अर्जुन पोखरेल ९संगीत०, सिन्धु मल्ल ९गायन०, अजर जंगम ९गायन० तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी ९सितार०लाई सम्मानसहित पुरस्कृत गरिएको छ । नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार कृष्ण कँडेललाई दिइएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नातिकाजी श्रेष्ठ नेपाली संगीतको स्वर्णिम काल भित्र्याउने स्रस्टा भएको बताइन् । उनले पुराना सर्जकले सिर्जना गरेका संगीतलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्ने उल्लेख गरिन् ।

नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले नातिकाजी सम्मान तथा पुरस्कार राज्य तहबाटै प्रदान गर्नुपर्ने बताए । त्यसका लागि राज्यले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>