देश/प्रदेश

महानगरपालिकाको मतपत्रमा सात वटै चुनाव चिन्ह रहने

Banner

काठमाडौँ, वैशाख १८–

निर्वाचन आयोगले अन्ततः स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मतपत्रमा राजनीतिक दलले एउटा पदमा उम्मेदवारी दिए पनि सात वटैमा चुनाव चिह्न रहने जनाएको छ ।

सोही अनुसार ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा मतपत्र छपाइ सुरू गरिएको निर्वाचन आयोगले जनाएको छ । सुरूमा उम्मेदवारी दिएको पत्रमा मात्र दलको चुनाव चिन्ह रहने भनिएको थियो । यसो गर्दा गठबन्धन गरेका दलहरूले लाभ लिन सक्थे ।

तर आयोगले कुनै दलले स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका ७ पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिए पनि मतपत्रमा दलको लहरमा सातवटै चुनाव चिह्न रहने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>