चितवन विशेष

रत्ननगरमा कांग्रेसको १६ वटै वडामा घरदैलो कार्यक्रम सुरू

Banner

चितवन, वैशाख १८–

नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा आइतबारदेखि घरदैलो सुरू गरेको छ । मेयर पदका उमेदवार प्रल्हाद सापकोटाले वडा नं १ बाट घरदैलोको उद्घाटन गरेका हुन् ।

वडा नं १ बाट मेयर पदका उमेदवार सापकोटाले उद्घाटन गरेपछि १६ वटै वडामा औपचारिकरुपमा घरदैलो सुरू भएको हो । मेयरका उमेदवार सापकोटाले आइतबार वडा नं १ का हरेक मतदाताको घरघरमा पुगेर मत मागेका छन् । मेयर र उपमेयरमा गठबन्धन गरेका समाजवादीको तर्फबाट उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरे पनि घरदैलोमा सहभागी भएका थिए ।

सो वडाका वडाध्यक्षका उमेदवार कुलप्रसाद सापकोटा, वडासदस्यका उमेदवारहरु खुल्ला सदस्यहरु सूर्यविक्रम चौधरी, गिरिराज लम्साल, महिला सदस्य उमा पौडेल सुवेदी, दलित महिला सदस्य विन्दु मगरातीसहित नेता तथा कार्यकर्ताहरु घरघरमा पुगेर मत मागेका छन् ।

घरदैलोपश्चात भक्तिनी बगैँचामा आयोजित कोणसभामा मेयर पदका उमेदवार सापकोटाले एमालेका जनप्रतिनिधिले पाँच वर्ष नगर चलाउँदा जनअपेक्षाअनुसार काम नगरेको भन्दै नगरको विकास र सुशासन स्थापित गर्न आफूले उमेदवारी दिएको बताए ।

उनले कृषि र पर्यटनको माध्यमबाट रोजगारी सृजना, बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी, वडा नं २ का वडाध्यक्षका उमेदवार राजेन्द्रप्रसाद घिमिरे, वडा नं ३ का वडाध्यक्षका उमेदवार सोहेन्द्रराज खरेल, वडा नं ४ का वडाध्यक्षका उमेदवार रामकुमार चौधरी, वडा नं ५ का वडाध्यक्षका उमेदवार बालकृष्ण चापागाईं, वडा नं ६ का वडाध्यक्षका उम्मेदवार किरण महतो, वडा नं ७ का वडाध्यक्षका उमेदवार लालबहादुर भट्ट, वडा सदस्यका उम्मेदवारसहित पार्टीका नेता तथा कार्यकर्ताहरुले घरदैलो गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>