देश/प्रदेश

चन्द्रागिरिमा ३३ उम्मेदवारको मनोनयन फिर्ता

Banner

काठमाडौँ, वैशाख १७-

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्।

काठमाडौँ प्रवेशद्धारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन्।

चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले एक प्रमुख र दुई उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिइन्। उनका अनुसार मनोनयन फिर्ता लिनेमा नेकपा माओवादी केन्द्रबाट नगरपालिका प्रमुखका उम्मेदवार दिलबहादुर श्रेष्ठ, माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार रुपा महर्जन र कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार यमुनादेवी श्रेष्ठ छन्।

यस्तै, बाँकी ३० वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत थपलियाले जानकारी दिइन्। चन्द्रागिरि नगरपालिकामा २१ प्रमुख र १० उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको थियो। अब चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जना प्रतिस्पर्धामा छन्।

काठमाडौँ जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा छन्। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>