चितवन विशेष

भरतपुरको चौविसकोठीमा खुल्यो डेजर्ट डिलाइट्स रेष्टुरेन्ट,नयाँ परिकारसहित घुम्ती सेवा

Banner

चितवन,बैशाख १-

चितवनको भरतपुर चौविसकोठीमा डेजर्ट डिलाइट्स रेष्टुरेन्ट सञ्चालनमा आएको छ । आज (बिहिबार) रेष्टुरेन्टको औपचारिक सुभारम्भ गरिएको छ । लामो समय विदेश बसेर आएका दुई जना युवाहरुले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । देवघाट ५ तनहुँका युवा सुर्यभक्त भट्टराई र विष्णु पाण्डेले विदेशमा सिकेको सिप स्वदेशमा प्रयोग गर्ने उदेश्यले रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । उनिहरु सात बर्ष दुबै साउदीमा काम गरेर फर्किएका हुन् ।

विदेशमा पनि रेष्टुरेन्टमा काम गरेकाले त्यहाँको अनुभव यहाँ प्रयोगमा ल्याइएको संचालक सुर्यभक्त भट्टराईले बताउनुभयो । फाष्टफुडका पारखीहरुलाई रेष्टुरेन्टमा विभिन्न परिकारहरु उपलब्ध हुनेछन् । चितवनमै पहिलोपटक चिकन स्ववरम रेष्टुरेन्टमा पाइने भट्टराईले बताउनुभयो । यस्तै ग्रिल चिकन लगायत अन्य परिकारहरु रेष्टुरेन्टमा उपलब्ध हुनेछ ।

रेष्टुरेन्टमा ७ जनाले रोजगारी पाएका छन् । रेष्टुरेन्टमा नयाँपन दिने छुट्टै घुम्ती रेष्टुरेन्ट पनि राखिएको छ । घुम्ती रेष्टुरेन्टको सेवा मेला महोत्सव र कार्यक्रममा समेत दिन सकिने संचालक विष्णु पाण्डेले जानकारी दिनुभयो । रेष्टुरेन्ट संचालनका लागि ८५ लाख लगानी गरिएको उहाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>