चितवन विशेष

अब चितवनमै एयर होस्टेजको पढाइ हुने, खुल्यो एरोटेक इन्टरनेशनल स्कुल

Banner

चितवन, चैत ३०-

चितवनमै एयर होस्टेजको पढाइ सुरु भएको छ । भरतपुर महानगरपालिका–१० रिजालचोक अष्टभुजा पेट्रोल पम्प पछाडि एरोटेक इन्टरनेशनल स्कुल फर एभिएसन एण्ड हस्पिटालिटी प्रालि सञ्चालन गरेर एयर होस्टेजको पढाइ सुरु गरिएको हो ।

स्कुलमा एयर होस्टेज, क्याबिन क्रु, ग्राउण्ड ह्याण्डलिङका कक्षाहरु सञ्चालन भइरहेको स्कुलका सञ्चालक सीईओ सुमन भट्टले जानकारी दिए । निकट भविष्यमा नै स्कुलले पाइलट र इन्जिनियरिङको पढाइसमेत गर्ने तयारी गरेको उनले बताए ।

एयर होस्टेजले नै पढाउने यो चितवनको पहिलो स्कुल हो । कतार एयरवेज, नेपाली एयरवेजमा लामो समय अनुभव संगालेका शिक्षकहरुले अध्ययन, अध्यापन गराउने भट्टले नारायणी अनलाइनलाई जानकारी दिए । एरोटेकमा अध्ययन गरेका विद्यार्थीहरुलाई विभिन्न एयरलाइन्ससँगको सहकार्यमा प्रयोगात्मक कक्षा र रोजगारीको अवसर प्रदान गरिने स्कुलले जनाएको छ । स्कुलले सर्वसुलभ र गुणस्तरीय शिक्षाको व्यवस्थासँगै युनिफर्म र शैक्षिक सामग्रीको समेत व्यवस्था गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>