चितवन विशेष

चितवनका रामप्रसाद सुवेदी यातायात व्यवसायी महासंघको पाचौंपटक केन्द्रीय उपाध्यक्ष

Banner

चितवन, चैत ३०-

चितवनका यातायात व्यवसायी रामप्रसाद सुवेदी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्ष निर्वाचित भएका छन् । योसँगै उनी पाचौंपटक उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

महासंघको दोस्रो महाधिवेशनपछि लगातार उनी उपाध्यक्षमा निर्वाचित हुँदै आएका छन् । काठमाडौँमा सम्पन्न छैटौं महाधिवेशनबाट निर्वाचन प्रक्रियामार्फत् उनी उपाध्यक्षमा निर्वाचित भए । २०४८ सालदेखि यातायात व्यवसायमा सक्रिय सुवेदी नारायणगढको राम मिष्ठान्न भण्डारका सञ्चालकसमेत हुन् । सुवेदीले चितवनबाट लाइसेन्स नविकरण र ट्रायल दिने व्यवस्था गर्न निरन्तर सरकारी निकायलाई दबाब दिँदै आएका थिए । महाधिवेशनले विजयबहादुर सुँवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>