अर्थ
सुनको मूल्य एक लाख नौ सय रुपैयाँ
०

काठमाडौँ, चैत २९-
सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।
यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।
सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























