कर्पोरेट

एनसीसी बैँक र नारायणगढको हेयर शान्ति ब्युटीपार्लरबीच सम्झौता

Banner

चितवन, चैत २३-

एनसीसी बैँक र हेयर शान्ति ब्युटीपार्लरको बीचमा आज एक सम्झौंतापत्रमा हस्ताक्षर भएको छ ।

हेयर शान्ति व्युटी पार्लरमा एनसीसी बैँकका ग्राहकलाई २० प्रतिशत छुट दिने गरी सो सम्झौंता पत्रमा हस्ताक्षर भएको हो । एनसीसी बैँको डेबिट र क्रेडिट कार्ड बोक्ने ग्राहकले सो सुविधा पाउने बैँकले जनाएको छ ।

देशभर १३७ वटा शाखा कार्यालय रहेको एनसीसी बैँकको ११४ वटा एटीएम बुथ रहेको बैँकले जनाएको छ । २५ वर्षको अवधिमा बैँकले नागरिकलाई प्रभावकारी र आधुनिक ढंगबाट सेवा प्रवाह गर्दै आइरहेको एनसीसी बैँक नारायणगढ शाखा प्रमुख सुमिता श्रेष्ठले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>