Breaking News

खैरहनी नगरपालिकामा विरासत जोगाउने दाउमा एमाले, काँग्रेस-माओवादीलाई गठबन्धनको भर (२०७४ को मतपरिणामसहित)

Banner

चितवन, चैत्र २२-

पूर्वी चितवनलाई कम्युनिष्टको आधार इलाकाका रुपमा हेर्ने गरिन्छ । यहाँबाट निर्वाचित नेताहरुले राष्ट्रिय स्तरमा समेत नाम लेख्न सफल भएका छन् । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डे, एमाले नेता स्वर्गिय जागृतप्रसाद भेटवाल, जेएन थपलिया,दाबा लामा पूर्वी चितवनकै हुन् । उनीहरुको त्यहाँ राम्रो प्रभाव छ । २०४६ सालदेखि नै संसदीय चुनाव र संविधान सभाको निर्वाचनमा चितवनको क्षेत्र नम्बर एक एमालेले जित्दै आएको छ । २०५६ मा भने नेपाली कांग्रेसकी सावित्रि बोगटी (पाठक) ले निर्वाचन जितेकी थिईन् । सोही क्षेत्रमा पर्ने खैरहनी नगरपालिकाको चर्चा गर्न हामी गैरहेका छौँ ।

राजनीति सम्बन्धी चासो राख्ने व्यक्तिले स्वर्गिय नेता जागृतप्रसाद भेटवाललाई नचिन्ने सायद कोही छैनन् । विकास प्रेमीका नेताका रुपमा चिनिएका भेटवालले २०४६ को संविधान सभाको निर्वाचन र २०५१ सालको संसदीय निर्वाचन जितेका थिए । २०६४ मा नेकपा (माओवादी केन्द्र) ले अधिकांश स्थानमा निर्वाचन जित्दा एमालेले सो क्षेत्र जितेको थियो । त्यसपछि भएका संसदीय र स्थानीय निर्वाचनमा पनि एमालेले निर्वाचन जित्दै आएको छ । विशेष गरि एमालेको उर्भर भूमि मानिदै आएको खैरहनी नगरपालिकामा एमालेलाई आफ्नो साख जोगाई राख्न चुनौती देखिन्छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा निकै प्रतिस्पर्धा भएको थियो । नेकपा (एमाले)का लालमणी चौधरीले नेपाली कांग्रेसका राजेन्द्रप्रसाद चौधरीलाई ९८४ मत अन्तरले हराएका थिए ।

दलीयरूपमा सबैभन्दा बढी वडा जितेको नेकपा एमालेले प्रमुख र उपप्रमुख पद पनि जितेको थियो । खैरहनीका १३ वडामध्ये ७ वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका थिए । एमालेलाई कडा टक्कर दिएको कांग्रेसले ६ वटामा वडाध्यक्ष जितेको थियो । तेस्रो शक्तिको रुपमा उदाएको माओवादीले एक सदस्य पद पनि जित्न सकेन । अन्य पार्टीको मत झिनो छ । चौथो शक्तिको रुपमा रहेको राप्रपाको मत त्यहाँ ६४५ छ ।

खैरहनी विगत देखिनै एमालेको गढका हेरिन्छ । २०४६ सालदेखि एमाले विजयी हुँदै आएको छ । एमाले विगतको विरासत जोगाउने दाउमा अहिले पनि छ । तर, एमालेले सोचेजस्तो सजिलो भने छैन । पार्टी फुटको असर पक्कै देखिन्छ ।

सोही क्षेत्रका वाग्मती प्रदेश सांसद कृष्णप्रसाद खनाल एमालेबाट बाहिरिएका छन् । मन्त्री समेत रहेका खनालको पार्टी नेकपा (एकीकृत समाजबादी)ले भोट काट्ने आंकलन गरिएको छ । तर, अन्यन्त्र जस्तो फुटको असर खैहरनीमा त्यति देखिँदैन । खैरहनीका केही वडा खनालको निर्वाचन क्षेत्रमा पर्छन । हालका जनप्रतिनिधि मध्ये एक जना वडा सदस्य नेकपा (एकीकृत समाजबादी)मा लागेका छन् ।

एमालेका लागि खैरहनीमा सबैभन्दा ठूलो खतरा भनेको सत्तारुढ दलहरूको गठबन्धन नै हो । त्यो गठबन्धन बनेको अवस्थामा नेकपा(एस)ले लैजाने भोटलाई तान्नुपर्ने देखिन्छ । भने नयाँ थपिएका मतदाताको बहुँसंख्यक मत पनि एमालेले तान्नुपर्ने देखिन्छ । नभए विगतको विरासत जोगाउन कठिन हुन सक्छ ।

खैरहनीमा कांग्रेसलाई पनि कम आकलन गर्न सकिँदैन । अघिल्लो निर्वाचनमा कांग्रेसका उमेद्वार राजेन्द्रप्रसाद चौधरीले ९ हजार ७३३ मत ल्याएका थिए । यद्यपि उनलाई लोकप्रिय भोट भने त्यति गएको छैन । कांग्रेसकाबाट उमेद्वार दिएका वडाध्यक्षको मत जोड्दा १० हजार ११ मत हुन्छ । उनले आफ्ना वडाध्यक्षले भन्दा २७८ मत कम ल्याएका छन् ।

त्यसो त एमालेका लालमणि चौधरीले एमालेबाट उमेद्वार दिएका वडाध्यक्षको भन्दा ५९० मत बढी ल्याएको देखिन्छ । चौधरीले १० हजार ७१७ भोट प्राप्त गरेका थिए । एमालेका वडाध्यक्षहरुको समग्र जोड्दा १० हजार १२७ हुन आउँछ । यसरी हेर्दा पनि खैरहनीमा एमाले बलियो नै छ । तर, माओवादीको भोट निर्णायक मानिन्छ । अघिल्लो निर्वाचनमा माओवादीका उमेद्वार एकराज डल्लाकोटीले मेयरमा ३ हजार १४७ मत ल्याएका थिए ।

उप–प्रमुखमा एमालेकै सुनीता खरेल १० हजार ४५१ मत ल्याएर विजयी भएकी थिईन् । दोस्रोमा कांग्रेसकी उमेद्वार सुशिला देवी उप्रेतीले ९ हजार ८८८, तेस्रोमा नेकपा (माओवादी केन्द्र) की रेवती सेढाई २ हजार ९२० र चौथोमा राप्रपाकी मञ्जु बर्तौला (कंडेल)ले ७३३ मत प्राप्त गरेकी थिईन् ।

प्रमुख र उप–प्रमुख जितेको एमाले १, ६, ७, ८, ९, १०, र ११ नम्बर वडा गरि ७ वटा वडा जितेको थियो । प्रमुख र उप–प्रमुखमा पराजित भएको नेपाली कांग्रेसले २, ३, ४, ५, १२ र १३ नम्बर वडा गरि ७ वटा वडा जितेको थियो । खैरहनीमा माओवादीले एक वडा जना वडा सदस्य पनि जित्न सकेको थिएनन् ।

२०७४ सालको निर्वाचनको मतपरिणामलाई हेर्दा सत्तारुढ दलबीच तालमेल भयो भने ऊ नै बलियो देखिन्छ । मेयर पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उमेद्वारले ल्याएको मत जोड्दा १२ हजार ८८० हुन्छ । तर, एमालेको १० हजार ७१७ मत आएको छ । यसरी हेर्दा २ हजार २६३ मतले एमालेपछि देखिन्छ । तर, अहिले पालिका प्रमुख रहेको एमालले आफुतिर मत बढाएको अनुमान छ । एमालले अघिल्लो निर्वाचनमा पाएको मत जोगाउँदै नयाँ मतदातालाई प्रभावमा राख्न सक्यो भने जित्ने आधार प्रशस्त देखिन्छ । २०७४ मा ३३ हजार २६३ जना मतदाता रहेको खैहरनीमा १० हजार २६८ मतदाता थपिएका छन् । खैरहनीमा ४३ हजार ५३१ मतदाता पुगेका छन् । ठुलो संख्यामा थपिएका मतदाताको भोट कता जान्छ स्पष्ट छैन । पाँच बर्षको अवधिमा राजनीतिमा ठुलै परिर्वतन हुने गर्दछ । पूरानै मतदाताको पनि मत कता जान्छ भन्ने सक्ने अवस्था छैन ।

अघिल्लो स्थानीय तहको निर्वाचनलाई हेर्दा खैरहनीमा सत्तारुढ दलको गठबन्धन र एमाले बिच नै प्रतिस्पर्धा हुने देखिन्छ । किन कि सत्तारुढ दलले चुनावी तालमेल गरेर जाने निर्णय गरिसकेका छन् । यस्तो अवस्थामा मतको हिसाबले नेपाली कांग्रेसले नै मेयर पदमा टिकट पाउने देखिन्छ । तर, कांग्रेस र कम्युनिष्टमा सिद्धान्त नै फरक भएकाले गठबन्धनमा पूरै भोट नखस्न पनि सक्छ । त्यसको फाइदा एमालेले लिन सक्यो र नयाँ मतदातालाई आफुतिर प्रभावित पार्न सक्यो भने एमालेले बाजी मार्ने पनि देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>