राजनीति
सिंहदरबारमा नेपाल–चीन विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु
०
काठमाडौं, चैत १२-
नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक सुरु भएको हो । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गरेका छन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका छन् ।
बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>