चितवन विशेष

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ खैरहनीमा गुरुङको नेतृत्व

Banner

चितवन, वैशाख ४-

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ खैरहनी नगर कमिटीको अध्यक्षमा ताराबहादुर गुरुङ चयन भएका छन् ।

सोमबार सम्पन्न खैरहनी नगरपालिकास्तरीय भेलाले गुरुङको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेश कमिटी सदस्य विजय चौधरीको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कपिलदेव पोखरेल रहेका थिए ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य मुकुन्द दाहाल, जग्गनाथ आचार्य, नेकपा एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमलराज पाठक, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्र तथा प्रदेश कमिटीका नेतालगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>