Breaking News

इलाम २ः खड्कासंग अग्रता घटाउँदै सुहाङ, स्वतन्त्र पार्टी चौथो स्थानमा

Banner

इलाम, वैशाख १६–

प्रतिनिधि सभा उपनिर्वाचन अन्तरगत इलाम–२ जारी मतगणनामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता कायमै राखेका छन् । तर नेकपा एमालेका सुहाङ नेम्बाङ भने मतान्तर घटाउँदैछन् ।

पछिल्लो ताजा परिणामअनुसार खड्काले १ हजार ६५८ मत पाएका छन् । नेम्बाङले १ हजार ६३० मत प्राप्त गरेका छन् । खड्का र नेम्बाङबीचको मतान्तर २८ मात्रै रहेको छ ।

त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार लिम्बुले ३०८ र पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४३० मत पाएका छन् ।

यो परिणाम फाकफोकथुम गाउँपालिकाका १, २ र ३ नम्बर वडाको मतगणना सकिँदा हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>