Breaking News

इलाम २ः खड्कासंग अग्रता घटाउँदै सुहाङ, स्वतन्त्र पार्टी चौथो स्थानमा

०
Banner

इलाम, वैशाख १६–

प्रतिनिधि सभा उपनिर्वाचन अन्तरगत इलाम–२ जारी मतगणनामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता कायमै राखेका छन् । तर नेकपा एमालेका सुहाङ नेम्बाङ भने मतान्तर घटाउँदैछन् ।

पछिल्लो ताजा परिणामअनुसार खड्काले १ हजार ६५८ मत पाएका छन् । नेम्बाङले १ हजार ६३० मत प्राप्त गरेका छन् । खड्का र नेम्बाङबीचको मतान्तर २८ मात्रै रहेको छ ।

त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार लिम्बुले ३०८ र पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४३० मत पाएका छन् ।

यो परिणाम फाकफोकथुम गाउँपालिकाका १, २ र ३ नम्बर वडाको मतगणना सकिँदा हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>