चितवन विशेष
घरभित्रको झगडाले गैरआवासीय नेपाली संघ नफुटोस्ः सचिव शर्मा
०

चितवन, चैत ३-
गैर आवासीय नेपाली संघ (एनआरएनए) का सचिव आरके शर्माले एनआरएनए फुट्न नहुने बताएका छन् ।
चितवन बेष्ट फाइनान्सको शाखा उद्घाटनका लागि आएका शर्माले घरभित्रको झगडाले संस्था फुट्न नहुने बताएका हुन् । उनले भने, ‘जेजसो भए पनि एनआरएनए फुट्न हुदैन । विदेशबाट नेपाली दाजुभाई दिदिबहिनीले पठाएको रेमिट्यान्सको सहि सदुपयोग गर्नुछ । स्वदेशमै रोजगारी सिर्जना गर्नुछ । संस्था फुट्यो भने सबै चक्नाचुर हुन्छ ।’ सचिव शर्माले संस्थालाई नेतृत्व गर्न चाहने वर्ग धेरै हुदा अधिवेशन समयमा हुन नसकेको बताए ।
संस्था जोगाउन कहिले हठ त्याग्नुपर्ने उनको भनाइ छ । राष्ट्र र नेताहरु माझ सुशासनका भाषण गरिरहँदा आफनै घरभित्रको झगडाले मन दुखेको शर्माले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























