कर्पोरेट

कोका–कोलाले नेपालका एक हजार महिला व्यवसायीलाई ‘सक्षम’ तालिम दिन सुरु

Banner

चितवन, फागुन २३-

कोका–कोलाले नेपालको लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम सुरु गरेको छ ।

कम्पनीले आज प्रेषित गरेको विज्ञप्ति अनुसार यस कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका एक हजार महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिन सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय महिलादिवस २०२२ को नारा ‘दिगो भविष्यको लागि आज लैंगिक समानता’ भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको विज्ञप्तिमा जनाइएको छ । तालिमले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालनगर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पु¥याउन सक्षम बनाउँछ भन्ने कोकाकोलाको विश्वास छ । त्यसैले यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी विश्वास गर्छाँै कि एउटा नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो । त्यसैले हामीले महिलालाई सक्षम बनाउने उद्देश्यले पहिला पनि स्टार र पाँचबीवाई २० जस्ता कार्यक्रमहरु सञ्चालन गरेका थियौँ र ती कार्यक्रमहरुले वहाँँहरुको जीवनमा सकरात्मक परिवर्तन पनि ल्याउन सफल भएका थिए । जुन हाम्रो लागि खुसीको कुरा हो । महिला सशक्तिकरण सम्बन्धी यस्तै कार्यक्रमहरु सञ्चालनगर्ने अभियानअन्तर्गत यो वर्ष हामीले नेपालभरी साना किरानापसल र खाजा घरहरु सञ्चालन गर्दै आइरहेका एक हजार महिलाहरुलाई व्यवसायिक तालिम दिँदै छौँ । हामीलाई आशा छ कि यो कार्यक्रममा सहभागी महिलाहरुको जीवनमा पनि प्रभावकारी परिवर्तन आउनेछ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले विज्ञप्तिमा भने, ‘नेपालको ग्रामीण तथा शहरी क्षेत्रका धेरैजसो किराना पसल र खाजा घरहरु प्रायःमहिलाहरुले नै चलाउनुहुन्छ । हामीले के देखेका छौँ भने यो कोभिड महामारीले वहाँँहरुको व्यापारमा धेरै चुनौतीहरु ल्याएको छ । यो कार्यक्रममार्फत् हामीले वहाँहरुलाई यस्ता चुनौतीहरुको सामना गर्न सक्षम बनाउने र वहाँहरुको व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएका छौँ । हामीलाई विश्वास छ कि यस कार्यक्रमले वहाँहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्न सक्षम बनाउनेछ र वहाँँहरुको आत्मविश्वास पनि बढाउनेछ ।’

विविधता, समानता र समावेशीकरण कोका–कोलाको मूल्य मान्यता हो र यिनले कम्पनीको वृद्धि, विकास र सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । कोका–कोलाले वर्षाँैदेखि सञ्चालन गर्दै आइरहेको महिला सशक्तिकरण सम्बन्धी विभिन्न कार्यक्रमहरुले पनि यसलाई पुष्टि गर्छ । सन् २०२० सम्म ५ मिलियनमहिलाहरुलाई आर्थिक रुपमा सक्षमबनाउने महत्वाकांक्षी लक्ष्यसहित कोका–कोलाले सन् २०१० मा विशेष कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरेको थियो साथै कोका–कोला नेपालले विगत ६ वर्षसम्म ‘शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस’ कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गरेको थियो जसमा पाँच हजार ८०० महिला व्यवसायीलाई तालिम दिइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>