चितवन विशेष

पर्यटन व्यवसायी विष्ट कांग्रेसको राजनीतिमा सक्रिय, जिल्ला सदस्यमा उम्मेद्वारी

Banner

चितवन, फागुन १९–

नेपाली कांग्रेस चितवनको अधिवेशनको रौनक चलिरहँदा सौराहका पर्यटन ब्यवसायी ज्ञानेन्द्रकुमार विष्टको उमेदवारीको चर्चा चल्न थालेको छ । पर्यटन क्षेत्रमा लामो अनुभव सम्हालेका विष्टले जिल्ला सदस्यमा उमेदवारी दिएपछि उनको चर्चा चल्न थालेको हो ।

पर्यटन ब्यवसायबाट चितवनको विकासमा अग्रसर विष्टले यसपटक पार्टीको संगठनलाई अघि बढाउने योजनाका साथ अघि बढेका छन् । पार्टीको माध्यमबाट सामाजिक विकासका काम गर्ने योजनासहित आफ्नो उम्मेदवारी घोषणा गर्दै उनी सक्रिय थिए । उनले जिल्ला सदस्यमा रत्ननगर नगरपालिका तर्फबाट उम्मेद्वारी दिएका हुन् । काँग्रेसलाई एकताबद्ध बनाउन आफूले भूमिका निर्वाह गर्ने विष्टले बताए ।

कार्यकर्तामाझ लोकप्रिय विष्ट पार्टीको संगठन विस्तारमा डटेर लाग्ने बताएका छन् । उनले पर्यटन व्यवसायमा धेरै समय व्यतित गरेपछि अब राजनीतिमा पुरा समय दिने बाचा गरेका छन् । राजनीतिलाई सेवामुखी बनाउन कार्यकर्तालाई आर्थिक रुपमा सक्षम बनाउने उनको योजना हो । उनी क्षेत्रीय होटल संघ सौराहाको पूर्व अध्यक्ष हुन् । यस्तै होटल संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका विष्ट सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>