कर्पोरेट

दराजले गर्‍यो आईएमई पे डेको घोषणा: हरेक आइतबार थप छुट

Banner

चितवन, फागुन १८-

नेपालको अग्रणी अनलाइन बजार दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतबार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ ।

यससँगै दराज र आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेट मार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन् ।

कम्पनीले आज प्रेषित गरेको विज्ञप्ति अनुसार दराजका ग्राहकहरूले आफ्नो आइएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ५००) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन् ।

यो सम्झौता पत्रमा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘आइएमई पेसँग साझेदारी गरी आइएमई पे डे घोषणा गर्न पाएकोमा हामी धेरै उत्साहित छौं । यस साझेदारीको मुख्य उद्देश्य भने ग्राहकलाई किनमेल गर्न डिजिटल प्लेटफर्म रोज्नको लागि थप कारणहरू प्रदान गर्नुको साथै नेपाली इ–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पु¥याउन मद्दत गर्नु हो ’ दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँलले भने ।

ग्राहकले आइएमई पे वालेट वाआइएमई पे भिसा कार्ड भउचरहरू दराज एप वा वेबसाइट मार्फत संकलन गर्नुपर्ने र संकलित भउचरहरू चेक आउटको समयमा स्वतःलागू हुने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ , ‘यदि तपाईंसँग कुनै थप प्रश्नहरू छन् भने, कृपया हाम्रो दराज सेवा साथीलाई २ ०१५९७०५९७ मा सम्पर्क गर्नुहोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>