कर्पोरेट

स्प्राइटको मेगा प्रमोसनल क्याम्पेन सुरुः स्प्राइटसँग जित्ने मौका

Banner

काठमाडौँ, फागुन १८-

लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुवात गरेको छ ।

कम्पनीले आज प्रेषित गरेको विज्ञप्तिअनुसार प्रमोशन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो जसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । यस प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासडर अनमोल केसीलाई छायांकन गरिएको छ ।

यस क्याम्पेनअन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसुङ ग्यालेक्सी स्मार्ट फोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउने विज्ञप्तिमा कम्पनीले जनाएको छ ।

यो अफरमा सहभागी हुनको लागि उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यानगर्नुपर्ने छ अथवा सीधै डब्लूडब्लूडब्लू डट स्प्राइट डट कम डट एनपीमा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् । यो योजना २०७८ फागुन ८ देखि २०७८ चैत १६ सम्म लागू हुने कम्पनीले जनाएको छ । यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागू हुनेछ । बजारमा यो अफर लागू नहुने बोतलहरु पनि उपलब्ध छन् ।

ग्राहकले पुरस्कार परेको युनिक कोड भएको लेबल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफूसँग राख्नुपर्ने छ । थपनियम र शर्तहरु सम्बन्धी विस्तृत विवरण स्प्राइटकोे आधिकारिक वेवसाइटबाट जानकारी लिन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>