खेलकुद

भोलिदेखि पटिहानीमा पद्मोदय पुरुष भलिबल प्रतियोगिता हुने

Banner

चितवन, फागुन १६–

चितवनको पर्यटकीय नगरी पटिहानीमा भोलिदेखि पदमोदय खुला नकाउट पुरुष भलिबल प्रतियोगिता–२०७८ सुरु हुने भएको छ । हरेक वर्ष शिबरात्रीको अवसरमा हुँदै आएको प्रतियोगिता यसपटक पनि शिवरात्रीकै दिन उद्घाटन गर्न लागिएको हो ।

पदमोदय युवा क्लब भरतपुर–२२ पदमपोखरीको आयोजनामा सुरु हुने प्रतियोगिता दुई दिनसम्म चल्ने क्लबका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए ।प्रतियोगितामा चितवनका १२ भन्दा बढी टिमको सहभागिता रहने कार्यक्रम संयोजक निरज पौडेलले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेतालाई आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको युवा परिचालन समितिका संयोजक सुमन पौडेलले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेतालाई आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

शिबरात्रीको अवसर पारेर करिब ४ दशकदेखि हुँदै आएको भलिबल प्रतियोगिता निरनतर हुँदै आइरहेको छ । केहीवर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरि सकिएको छ । क्लबले खेलकुद बाहेक अन्य विभिन्न सामाजिक कार्यक्रमहरु समेत गर्दै आएको छ ।

प्रतियोगिताको प्रबर्द्धकहरुमा भरतपुर महानगरपालिका वडा नम्बर–२२ कार्यालय, भरतपुर महानगरपालिका र चितवन जिल्ला खेलकुद विकास समिति भरतपुर रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>