कर्पोरेट

शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा.गोयल मानार्थ विद्यावारिधीबाट सम्मानित

Banner

काठमाडौँ, फागुन १३–

शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल सम्मानित हुनु भएको छ ।

युरोपेली अन्तर्राष्ट्रिय विश्वविद्यालय (इआईयु) पेरिस, फ्रान्सले व्यवसाय व्यवस्थापनमा मानार्थ विद्यावारिधीबाट डा.गोयललाई सम्मान गरेको हो ।

उहाँको कुशल व्यवस्थापन र उहाँले व्यवसायीक क्षेत्रमा पुर्‍याउनु भएको योगदानको सम्मान गर्दै थाईल्याण्डमा आयोजित एक समारोहका बीच उहाँलाई मानार्थ डाक्टर उपाधिबाट सम्मान गरिएको हो ।

डा.सुरेन्द्र कुमार गोयल स्थापनाकाल देखिनै शिवम् सिमेन्ट लिमिटेडमा आबद्ध रही शिवम् सिमेन्टलाई छोटो समयमा ग्राहकहरु माझ लोकप्रिय ब्राण्ड बनाउन सफल हुनु भएको छ ।

उहाँको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले गर्दा नै शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्राण्ड बन्नुका साथ साथै सर्वसाधारणमा शेयर निस्काशन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बन्न सफल भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>