कर्पोरेट

सबैलाई उपयोगी हुने सुगर फ्रि नयाँँ कोका–कोला बजारमा

Banner

चितवन, फागुन ८-

कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला ‘जेरो सुगर’ बजारमा ल्याएको छ ।

कम्पनीले प्रेषित गरेको विज्ञप्तिमा आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध रहेको जनाएको हो । अब नेपालीउपभोक्ताहरुले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वादलिन सक्ने कम्पनीले जनाएको छ ।
व्यापक बजार परीक्षण र इन–हाउस इनोभेसन मार्फत बजारमा ल्याएको कोका–कोला जेरो सुगर अझै शानदार प्याकेजिङ र उत्कृष्ट स्वादको साथमा आएको विज्ञप्तिमा उल्लेख छ । नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरुका लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको छ ।

सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको यो कोकाकोला जेरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनको लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट सार्वजनिक भएको थियो ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी सदैव उपभोक्ताको चाहना र आवश्यकताअनुसारको उत्पादनहरु नै बजारमा ल्याउने प्रयास गर्छौँ । यो नयाँँ स्वाद र नयाँ प्याकेजिङ सहितको कोका–कोला जेरो सुगरलाई विश्वभरीकै उपभोक्ताहरुले मन पराउनुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुशी लागेको छ । नेपाली उपभोक्ताहरुले पनि यो नयाँँ कोका–कोला जेरो सुगरलाई मन पराइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेलेले भने, ‘आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताहरुको लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त छ । संसारभरी नै अत्यन्त रुचाइएको यो कोका–कोला जेरो सुगरलाई नेपालीउपभोक्ताहरु सामु ल्याउनपाउँदा हामी उत्साहित छौँ ।’ नयाँँकोका–कोला जेरो सुगर ५०० मिलि र २५० मिलिमा नेपालभर उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>