चितवन विशेष

रत्ननगरका पत्रकारहरुलाई मोबाइल पत्रकारिता तालिम

Banner

चितवन, फागुन ३–

पूर्वीचितवनको रत्ननगरमा पत्रकारहरुको लागि मोबाइल पत्रकारिता तालिम सुरु भएको छ ।

‘उपमेयरसंग पत्रकार’ कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिकाको आयोजनामा दुई दिने तालिम सुरु भएको हो । प्रविधिको उच्चतम प्रयोग गरी तत्काल नागरिकलाई सूचना प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै मेयर नारायण वनले पत्रकारहरुको क्षमता बृद्धि गर्दै उनीहरुलाई थप व्यवसायिक बनाउन तालिम आयोजना गरिएको बताए ।

मेयर वनले नगर विकासमा भएका राम्रा कुराहरुलाई प्राथमिकता दिन र हुन नसकेका कुराहरुलाई सचेत गराउने गरी समाचार प्रकाशित गर्नु पत्रकारको जिम्मेवारी रहेको बताए । उपमेयर विमला दुवाडीले मल्टिमिडियाको क्षेत्रमा पत्रकारहरुलाई दक्ष बनाउन तालिम आयोजना गरिएको भन्दै नागरिकलाई सुसूचित बनाउने काममा पत्रकारहरु जिम्मेवारी पूर्वक लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा मोबाइलबाट अनलाइन सञ्चार माध्यममा समाचार प्रकाशित गर्ने तरिका, भिडियो सम्पादन, फोटो इडिटिङ, भाषा सम्पादन, भिडियो छायाङ्कन, अडियो मिक्सिङ कला लगायतको विषयमा प्रशिक्षण दिइएको छ । बिबिसी एक्सन मिडियाका पूर्व सम्पादक भूवन तिमिल्सिनाले तालिममा प्रशिक्षण दिएका हुन् ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, सामाजिक विकास समितिका संयोजक तथा वडाध्यक्ष केशव आचार्य, महिला विकास अधिकृत दीपा घिमिरे लगायतले मन्तव्य राखेका थिए । तालिममा पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर काम गर्ने २५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>