कर्पोरेट

गरिमा विकास बैँकको ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक

Banner

चितवन, फागुन २-

गरिमा विकास बैँकले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ ।

बैँकले आज प्रेषित गरेको विज्ञप्ति अनुसार न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक निक्षेप खाता हो ।
यस निक्षेप योजनाअन्तर्गत पाँच वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्धती बराबरको व्याजदरको फाइदा लिन सकिने जनाइएको छ । साथै, यस निक्षेप योजनाअन्र्तगत योजना अवधिभित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्धती बराबरको ब्याजदर पाइने बैँकले जनाएको छ ।

यस बैँकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५% ब्याजदर प्रदान गर्न लागेको हो । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकवर्गका लागि समेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुने विज्ञप्तिमा जनाइएको छ ।

अहिले गरिमा विकास बैँकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालयहरु, दुई एक्स्टेन्सन काउण्टर र ५१ एटीएम मार्फत् आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवम् गुणस्तरीय बैँकिङ सुविधा दिँदै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>