चितवन विशेष

चितवनको रत्ननगर वडा नं ७ बन्यो बालमैत्री वडा

Banner

चितवन, माघ २८–

चितवनको रत्ननगर नगरपालिका वडा नं ७ लाई बालमैत्री तथा बालश्रम मुक्त घोषणा गरिएको छ ।

बालमैत्री स्थानीय साशन कार्यान्वयन निर्देशिक २०७८ अनुरुप ५१ वटा सूचक पुरा गरी सो वडालाई शुक्रबार बालमैत्री घोषणा गरिएको हो । बालमैत्री घोषणा हुने सो वडा सातौं हो । यसअघि वडा नं ३,५,१०,१४,१५ र १६ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ । १६ वटा वडा मध्ये बाँकी रहेका ९ वटा वडालाई बालमैत्री तथा वालश्रम मुक्त घोषणा गरी चैत महिना भित्र समग्र नगरलाई नै बालमैत्री नगर घोषणा गर्ने तयारी रहेको मेयर नारायण वनले बताए । वडालाई बालमैत्री तथा बालश्रम मुक्त घोषणा गर्नुपूर्व बालश्रम मुक्त, बाल विवाह, बहुविवाह, पूर्ण खोप, जन्मदर्ता लगायतका ५१ वटा सूचक पुरा गरिएको छ ।

सौराहामा आयोजित एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले बालमैत्री घोषणा गरेका हुन् । मन्त्री श्रेष्ठले मेयर नारायण वन र वडाध्यक्ष लालबहादुर भट्टलाई वडा बालमैत्री भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
मन्त्री श्रेष्ठले विकास निर्माणको लगवा बालबालिकाको बृद्धि विकास, उनीहरुको अधिकार सुनिश्चितताले मात्र समग्र विकासले सार्थकता पाउने बताए । सामाजिक रुपान्तरणको एउटा महत्वपूर्ण अंग बालबालिका रहेको भन्दै उनले बालबालिकाका माग र उनीहरुको समस्या सामधान गर्न प्रदेश सरकार तयार रहेको बताए । बालमैत्री पूर्वाधार निर्माण गर्न सके नेपाल अन्तराष्ट्रिय मोडलको बन्ने उनको भनाई छ ।

घोषणा कार्यक्रममा वडा भित्रका बाल क्लवलाई खेलकुदका सामग्री हस्तारण समेत गरिएको छ । बालमैत्री वडा घोषणा गर्नुपूर्ण वडा भित्र रहेका बालश्रमिकको उद्दार गरी उनीहरुलाई शिक्षा, अभिभावकको आयआर्जनको लागि सीपमुलक तालिम तथा सामग्री सहयोग, पूर्ण खोप,जन्मदर्ता लगायतका कामहरु गरिएको वडाध्यक्ष भट्टले बताए । बालमैत्री वडा कार्यान्यवनको लागि सो वडाले पञ्चवर्षीय रणनीतिक कार्ययोजना बनाएको छ । कार्ययोजनामा वडा भित्र विकास निर्माणका काम गर्दा बालमैत्री बनाउने, बालबालिकाको विकासको लागि प्रयाप्त बजेट विनियोजन गर्ने, बालश्रम भए नभएको विषयमा निरन्तर अनुगमन गर्ने लगायतको विषय समाबेश गरिएको वडाध्यक्ष भट्टले बताए ।

कार्यक्रममा वडा भित्रको परिचयसहित बालबालिकाको स्थितिपत्र पुस्तकको विमोचन समेत गरिएको थियो । कार्यक्रममा मेयर वनले बालमैत्री नगर घोषणा गर्नुपूर्व बालबालिकालाई लक्षित गरी वडा नं ८ मा वाटर किङडमको प्रक्रिया सुरु भइसकेको बताए । दुई महिना भित्र कुनै पनि हालतमा नगरलाई वालमैत्री घोषणा गर्ने वटमलाईन रहेको भन्दै उनले बाँकी रहेका वडाहरुलाई एकमुष्ट घोषणा गरी नगरलाई बालमैत्री घोषणा गरिने बताए ।

उपमेयर विमला दुवाडीले अन्य नगरबाट अबलोकन गर्न आउने गरी रत्ननगरलाई नमुना बालमैत्री नगर बनाउने बताइन् । कार्यक्रममा रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, संघका पूर्व अध्यक्ष तथा बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक ज्ञानबहादुर विसुराल, नेकपा एमाले जिल्ला कमिटी सदस्य बिन्दा कार्की, महिला विकास अधिकृत दीपा घिमिरे, नगर स्तरीय बाल क्लवकी अध्यक्ष रोनिसा घिमिरे, बाघमारा वनका अध्यक्ष जितबहादुर तामाङ, रेवान सौराहाका महासचिव सूर्यबहादुर रिमाल, वडा सदस्य सोमबहादुर तामाङलगायतले मन्तव्य राखेका थिए ।

वडाध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरीय बाल क्लवकी अध्यक्ष अस्मिता भट्टले स्वागत मन्तव्य तथा वडा सचिव पदम सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम उद्घाटन हुनुपूर्व सौराहामा सचेतनामुलक शोभायात्रा समेत निकालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>