एथलेटिक्स

चितवनका तेक्वान्दो प्रशिक्षक रोशन बने अन्तर्राष्ट्रिय प्रशिक्षक

Banner

चितवन, २५ माघ–

चितवनका तेक्वान्दो प्रशिक्षक रोशन खान अन्तर्राष्ट्रिय प्रशिक्षक बनेका छन् । उनी तेक्वान्दोको लेभल–१ अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल भएका हुन् ।

यही माघ २१–२२ गते भएको अनलाइन वर्ल्ड तेक्वान्दो अन्तर्राष्ट्रिय प्रशिक्षक लेभल–१ तालिम उनले सहजै उत्र्तीण भएका हुन् । रत्ननगर निवासी खान दुई दशकयता राष्ट्रिय खेलकुद परिषदअन्तर्गत तेक्वान्दोको प्रशिक्षण दिँदै आएका छन्। उनले चितवनमा वरिष्ठ प्रशिक्षकको रुपमा सयौं तेक्वान्दो खेलाडीलाई ब्याल्क बेल्टधारी बनाइसकेका छन्। सन् २००७ मा भएको वर्ल्ड च्याम्पियनसिपमा ओलम्पियन दीपक बिस्टको प्रशिक्षक पनि खान नै थिए।

नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो महासंघबाट कुक्कीवन छैटौं डनसमेत पाएका खानले सयौं अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>