प्रवास

अवैध विदेशी नागरिकलाई बिना जरिबाना कोरियाले छाड्ने

Banner

काठमाण्डौ, माघ २५ –
कोरियाले कोरोनाको बुस्टर डोज समेत लगाएका अवैधानिक आप्रवासीलाई बिना जरिवाना कोरिया छाड्ने अवसर दिएको छ । विदेशी नागरिकलाई कोरोनाको बुस्टर डोज खोप लगाउन प्रोत्साहन गर्नका लागि कोरियाले यो योजना ल्याएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

३० अप्रिल २०२२ सम्म कोरियामा कोरोना खोपको तेस्रो९बुस्टर० डोज लगाएका र ३१ अक्टोबर २०२२ सम्म स्वेच्छाले कोरिया छाड्ने अवैधानिक विदेशी नागरिकलाई जरिवाना छुट र प्रवेश प्रतिबन्धमा पनि फुकुवा हुनेछ ।यस्तै २८ फेब्रुअरी २०२२ सम्ममा पूर्ण रूपमा खोप लगाएका र ३० अप्रिल २०२२ सम्ममा स्वेच्छाले कोरिया छाड्ने अवैध बासिन्दालाई जरिवाना छुट र प्रवेश प्रतिबन्ध भने निलम्बन हुने छ ।

आपराधिक कार्यमा संलग्न, खोप नलगाएका व्यक्तिहरू, कोभिड प्रतिबन्धको उल्लङ्घन गर्नेहरू र अध्यागमन अधिकारीहरूले पक्राउ गरेका अवैध विदेशी नागरिकको हकमा भने यो योजना लागू नहुने त्यहाँको अध्यागमनले जनाएको छ । खोप लगाएको इ प्रमाणीकरण वा प्रिन्ट कपी पेस गर्नपर्छ ।

स्वैच्छिक रूपमा स्वदेश फर्कनका लागि कोरियाको अध्यागमन कार्यालयमा गएर वा अनलाइन आवेदन भरेर बन्दरगाह वा एयरपोर्टमार्फत त्यसै दिन कोरिया छाड्न सकिन्छ ।यसरी फर्कँदा लाग्ने जरिवाना सबै छुट् हुने छ भने प्रवेश प्रतिबन्ध निलम्बनबाट समेत छुट पाउन सकिन्छ । आवेदन प्रस्थानको मितिभन्दा कम्तीमा तीन दिन अघि पेस गर्न पर्छ । बिदाको दिनको गणना हुँदैन । थप जानकारीका लागि अध्यागमन केन्द्रमा १३४५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

कोरियामा पछिल्लो समय ओमिक्रोन भेरियन्ट सङ्क्रमण बढिरहेको छ । तर खोप लगाउने विदेशी नागरिकको सङ्ख्या कम छ । विदेशी नागरिकमा सङ्क्रमण बढ्दै गएकाले समुदाय स्तरमा कोरोना फैलनबाट रोक्न कोरियाको न्याय मन्त्रालयले अपनाएका विभिन्न उपाय मध्ये यो योजना पनि रहेको दूतावासले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>