खेलकुद

विश्व कप छनोट- ग्लोबल छनोट ‘ए’ मा सहभागि हुन नेपाली क्रिकेट टोली ओमान जाँदै

Banner

काठमाण्डौ, माघ २५-

नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । आईसीसी पुरुष टी–२० विश्व कप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाउन टोली आज बेलुका ओमान जान लागेको हो ।टोली बेलुका आठ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टोलीलाई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ ।

‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान रहेका छन् भने ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु आउँदो फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछन् । नेपालले पहिलो खेल फेब्रुअरी १८ मा ओमानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल फिलिपिन्ससँग फेब्रुअरी १९ मा र तेस्रो खेल क्यानडासँग फेब्रुअरी २१ मा खेल्ने तालिका छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछन्। फाइनल खेल फेब्रुअरी २४ तारिखमा हुनेछ । फाइनल प्रवेश गर्ने दुई टोली अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्व कपको लागि छनोट हुनेछन् । छनोट खेल अघि नेपालले ओमानमा चार देशीय टी–२० श्रृङ्खला पनि खेल्नेछ । श्रृङ्खलमा नेपाल, ओमान, यूएई र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>