विचित्र संसार
गुद्वारमा एक किलो सुन लुकाएर ल्याउँदै गर्दा विमानस्थलमा प्रहरीले भेटेपछि….
०

काठमाडौं,माघ १९-
करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। एयर अरेबियाको विमानबाट नेपाल फर्किएका सिन्धुपाल्चोकका दावा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार दावाले गुद्वारमा करिब एक किलो सुन लुकाएर ल्याएका थिए। आशंका लगेपछि विमानस्थल प्रहरीले सोधपुछ गर्दा उनले गुद्वारबाट सुन लुकाएर ल्याएको बयान दिएका थिए। दावाले ०९३६८६१८ नम्बरको पासपोर्टबाट गत नोभेम्बर १६ मा दुबई गएका थिए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























