कर्पोरेट

उद्योग वाणिज्य संघ चितवनले मनायो ६२ औं स्थापना दिवस

Banner

चितवन, माघ १९-

उद्योग वाणिज्य संघ चितवनले आज विविध कार्यक्रमको आयोजना गरी ६२ औं स्थापना दिवस मनाएको छ ।

संघको सचिवालयमा औपचारिक कार्यक्रमसहित निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा संघका अध्यक्ष राजु श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपु¥याउनको लागि अग्रजले खेलेको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा संघले निरन्तर कार्यक्रम आयोजना गरेको बताउँदै आगामी दिनहरुमा पनि अझ सशक्तरुपमा यस क्षेत्रका कार्यक्रमहरु आयोजना गरिने बताए । उनले सार्वजनिक निजी साझेदारी अवधारणाअन्र्तगत संघले गरेका व्यवसायिक हितलगायत पूर्वाधार विकासका कार्यक्रमहरु अनुकरणीय रहेको बताए । अध्यक्ष श्रेष्ठले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरुको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि एवम् संघका पूर्वअध्यक्ष केएल भुषणले विगतका दिनहरुलाई स्मरण गर्दै नेपाल उद्योग वाणिज्यमहासंघको स्थापना हुुुनुभन्दा पहिला नै परिकल्पना गरिएको यस संघले लामो यात्रा पार गर्न सफल भएको दाबी गरे । उनले व्यवसायीको हक, हितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै व्यवसायिक ऐक्यबद्धता जाहेर गर्ने उद्देश्यले स्थापित उद्योग वाणिज्य संघ चितवन आज यस क्षेत्रको सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकासको संवाहकको रुपमा स्थापित भएको बताउँदै अग्रजलगायत पूर्वकार्यसमिति र वर्तमान कार्यसमितिप्रति हार्दिक आभार ब्यक्त गरे ।
सोही कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य सहनलाल प्रधानले निजी क्षेत्रको प्रतिनिधिमूलक यस संस्थाले वर्गीय हितका साथसाथै सामाजिक उत्तरदायित्वका थप कार्यहरु सम्पन्न गरेको बताउँदै आगामी दिनहरुमा पनि थप समय सापेक्ष कार्यहरु सञ्चालन गर्नका लागि अनुरोध गरे । उनले निजी क्षेत्रका समस्या समाधानका लागि उवासंघ चितवन र नेपाल उद्योग वाणिज्य महासंघ सदैव क्रियाशिल रहने बताए । स्थापना दिवसको कार्यक्रममा संघले ६२ वटा दीपप्रज्वलन गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा ७० जना व्यवसायीले आफ्नो स्वास्थ्य परीक्षण गरेका छन् ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधान, उत्तमलाल चुके, डा. तिलचन्द्र भट्टराई, कल्याण जोशीलगायत कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष, संघका साधारण सदस्यलगायतको उपस्थिति रहेको थियो । संघमा आयोजित स्वास्थ्य परीक्षण एवम् रक्तदान कार्यक्रमको लागि नेसनल सिटी हस्पिटल भरतपुर तथा रक्त सञ्चार केन्द्र भरतपुरले सहयोग गरेको सचिवालयले जनाएको छ । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>