मौसम

आज रातिदेखि देशभर पानी र हिमपातको सम्भावना,न्यून चापीय प्रणाली प्रवेश गर्दै

Banner

चितवन,माघ १९-

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरि सामान्य देखि पूर्ण बदली रहने र शनिवार देशभरि आंशिक देखि सामान्य बदली रहने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भागमा सामान्यतया सफा रहेको छ।

बुधबार दिउँसो प्रदेश १, मधेस , बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम आंशिक बदली रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>