कर्पोरेट

केएनपीले दियो भरतपुरकी तिवारीलाई पाँच लाख रुपैयाँको बम्पर पुरस्कार

Banner

चितवन, माघ १७-

जापानकै सर्वोत्कृष्ट हेल्दी होम पेन्ट्स केएनपी जापान प्रालिले आज पाँच लाख रुपैयाँको बम्पर पुरस्कार वितरण गरेको छ ।

कम्पनीले ‘केएनपीकोे रंगमादंग, बम्परमा पाँच लाखसँग’ उपहार योजनाको बम्पर पुरस्कार पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो । उनलाई केएनपी जापान प्रालिका टेरीटोरी सेल्स इन्चार्ज राकेश तिमल्सिनाले पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

उक्त उपहार योजनाअन्तर्गत भरतपुर महानगरपालिका–७, कृष्णपुर निवासी पुण्यशिला तिवारीले बम्पर लक्की ड्रमार्फत पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएकी थिइन् । बम्पर पुरस्कार बिजेताको घोषणा गत मंसिर २५ गते इमेज च्यानलको लोकप्रिय कार्यक्रम ‘म्युजिकअफ योर च्वाइस’ मार्फत् प्रत्यक्षरुपमा गरिएको थियो ।

केएनपी जापानप्रालिले नेपालीहरुको महानपर्व बडादसैँ र शुभदिपावलीको पावनअवसरमा उपभोक्ता लक्षित उपहार योजना सार्वजनिक गरेको थियो । जसअन्तर्गत केएनपीका उत्पादनहरु मध्ये माइका मार्बल, एक्सेल टोटल र इम्प्रेसन २४ क्यारेटको भ्याटबाहेक ६० हजार खरिद गर्ने उपभोक्ताहरुले हातखाली नजाने गरी थालीसेट प्राप्त गरेका थिए ।

सोही भ्याटबिललाई एसएमएस प्रक्रियाबाट दर्ता गराई २०७८ भदौं २५ गतेदेखि कात्तिक मसान्तसम्म हरेक हप्ता एक जना भाग्यशाली बिजेताले लक्की ड्रमार्फत २० हजार रुपैयाँप्राप्त गरेका थिए । जसको प्रत्यक्ष प्रसारण केएनपी जापान प्रालिको आधिकारीक फेसबुक पेजबाट गरिएको थियो ।

दक्षिण एसियाली मुलुक भारत, श्रीलंका, बंगलादेश, नेपालसहित विश्वका १०० बढी देशमा केएनपी जापानप्रालिले आफ्नो उत्पादनलाई बिक्री वितरण गर्दै आएको छ । एक शताब्दीभन्दा लामो समय पेन्ट उत्पादन र अनुसन्धान एवम् विकासमा सक्रिय कम्पनीले उपभोक्ताको स्वास्थ्यप्रति सचेत बन्दै लिड फ्रि कन्टेन र लो भिओसी कन्टेनको उत्पादनमा जोड दिँदै आएको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>