कर्पोरेट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘सिटिजन खबर’ जर्नल प्रकाशित

Banner

चितवन, माघ ११-

सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन खबर’ नामक जर्नलको प्रकाशन गरेको छ ।

इन्स्योरेन्सले आज प्रेषित गरेको विज्ञप्तिमार्फत् कम्पनीले कात्तिक २ गते आफ्नो गौरवमय चार वर्षे यात्रा सम्पन्न गरेसँगै सो अवधिसम्मका याद्गार पलहरुलाई सधँैको लागि साच्न सकियोस् भनेर यिनै पलहरुको समीक्षास्वरुप यस जर्नल लिएर आएको कम्पनीले जनाएको हो ।

बिमाको सचेतना तथा सु–समाचारसहित कम्पनीका बिगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यवसायिक उपलव्धिहरु प्रगति विवरणहरु, विभिन्न क्रियाकलापहरु साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको कम्पनीले जनाएको छ । सिटिजन खबरको विमोचन यस कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डे, प्रमुखकार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथमणि खड्का, नायव महाप्रबन्धक दिपबहादुर बिसी साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्तरुपमा गरेका थिए । यस जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालयलगायतविभिन्न शाखा कार्यालयहरुमा उपलब्ध छ र डिजिटल प्रतिलिपी कम्पनीको वेभसाईटमा पनि उपलब्ध छ । साथै आउने दिनहरुमा पनि यस जर्नलको प्रकाशनजारी राख्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

हरेक परिस्थितिलाई अवसरको रुपमा लिँदै आइरहेको यस कम्पनीले आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । नविनतम बिमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन्स लिडरहरुसहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवाप्रदान गर्ने प्रतिबद्धता विज्ञप्तिमा जाहेर गरिएको छ । साथै जीवन बिमा सेवालाई सर्व सुलभरुपमा हरेक नेपालीको पहुँचमा पु¥याइ उत्कृष्ट इन्स्योरेन्स कम्पनी बन्ने कम्पनीको यस यात्रामा सबैको साथ र खुसीका पलहरु सिर्जना गर्न सहयोगको अपेक्षा रहेको कम्पनीले जनाएको विज्ञप्तिमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>