अर्थ

चितवनको टाँडीमा शिव शिखर बहुउद्देश्यीय सहकारीको एटिएम सेवा सुरु

Banner

चितवन, माघ १० –
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पूर्वि चितनको टाँडीमा एटिएम सेवा सुरु गरेको छ ।

आज सोमबार रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले एटिएम सेवाको उद्घाटन गरेका हुन् ।

सहकारीले गार्डेन मार्टको सुरुवातसँगै एटिएम सेवा पनि सञ्चालनमा ल्याएर रत्ननगरको विकासमा ठूलो भूमिका निर्वाह गरेको श्रेष्ठले बताए । यहाँका उपभोक्तहरुलाई एउटै छानामुनी सम्पूर्ण समानहरु उपलब्ध गराएर शहरीकरण उन्मुख रहेको रत्ननगरको विकासमा टेवा पुगेको उनको भनाइ छ । यस्ता किसिमका मार्टको आवश्यकता शहरी विकासमा रहने उनले बताए । २४ घण्टे एटिएमको सुरुवातले यहाँका उपभोक्तालाई अझ बढी सहज बनाउने उनको धारणा छ ।

सहरकारीका नारायणी अञ्चल (पूरानो सञ्रचनाअनुसार) का वरिष्ठ प्रबन्धक युवराज थापाले सहकारीले आज चितवनको टाँडी र नेपालगञ्जमा एटिएम सेवा सुभारम्भ गरेको जानकारी दिए । माघ महिना भरी नेपाल भरी २४ वटै सदस्य सेवा केन्द्रहरुमा एटिएम सेवा प्रारम्भ गर्ने योजनासहित विभिन्न स्थानमा एटिएम सेवा प्रारम्भ गरिरहेको उनको भनाइ छ ।

शिवशिखरले विगत एक दशक अघिदेखि बचत तथा ऋणको कारोबार गर्दै आएको बताउँदै उनले कृषि क्षेत्रमा पनि सहकारीले थुप्रै काम गर्दै आएको जानकारी दिए ।
दुई वर्षअघिबाट सहकारीले सहकारीको लगानीमा गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएको बताउँदै उनले हालसम्म नेपाल भरी १५ वटा शाखा विस्तार गरिएको जानकारी दिए ।

सहकारीलाई प्रविधिमैत्री बनाउने भनेर दुई महिनाअघि मोबाइल एप पनि सञ्चालनमा ल्याइएको बताउँदै उनले एपमा हालसम्म प्रत्यक्ष ४ हजारभन्दा बढी सदस्य जोडिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>