प्रवास

अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी एक नेपाली युवती मृत फेला

Banner

सिड्नी, माघ ३-

अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्। सिड्नीस्थित अर्चामनमा बसोबास गर्दै आएकी २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन्। काठमाडौंको कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया आएकी थिइन्।

हाल एमपीएल पढिरहेकी उनको घटनाबारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ। मृतक सुष्मितालाई नजिकबाट चिन्ने सीड्नीका युवा उद्यमी उद्धव भट्टले यो घटनाले आफू निकै दुःखीत भएको बताए।

मिजासिली स्वाभावकी सुष्मिताको असामहिक निधनले आफू निकै स्तब्ध भएको र सुष्मिताको परिवारलाई भेटेर सान्त्वतासमेत दिएको उनले बताए। मृतकको शव नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>