चितवन विशेष

चितवनका पुष्प प्रधानको ‘आज म नै एक्लो भए’ सार्वजनिक (भिडियो)

Banner

चितवन, माघ २–

वर्षौसम्म नछुटिने वाचा गरेका प्रेमी र प्रेमिकाको सपना हुन्छ । क्षणिक सपनाले क्षणभरमै पानीको फोका जस्तै फुट्छ । टुटेको प्रेमको पिडालाई चितवन नारायणगढका कलाकार पुष्पलाल प्रधानले गीत बनाएका छन् । यीनै भाव समेटिएको ‘आज म नै एक्लो भए’ बोलको गीत आइतबार सार्वजनिक गरिएको छ ।

आइतबार साँझ नारायणगढमा आयोजित एक कार्यक्रममा रिवल क्रियशनका प्रबन्ध निर्देशक गगनलाल प्रधानले गीत सार्वजनिक गरे । प्रधानको शब्द, संगीतमा चर्चित गायक सुगम पोखरेलले गीतमा स्वर भरेका छन् ।

कोरोनाको जोखिममा गरिएको लकडाउनका बेला प्रधानले गीत बनाएका थिए । ‘धेरैको जीवनमा भएको घटनामा अधारित यो गीत हो’ प्रधानले भने ‘बैंशमा हुने प्रेमको वाचा कसम र अधुरो प्रेमलाई सम्झाउने खालको गीत बनेको छ ।’

गीतको भिडियोमा नायक आकाश श्रेष्ठसंगै मोडेल करुणा श्रेष्ठको अभिनय रहेको छ । यस्तै गीतकार प्रधानको समेत भिडियोमा अभिनय रहेको छ । ६६ वर्षीय प्रधान आधादर्जन चलचित्रमा खलनायकको भूमिका निर्वाह गरि सकेका छन् । उनले ‘लाठी चार्ज’ बोलको गीतमा समेत अभिनय गरि सकेका छन् ।

भिडियोलाई गगनालाल प्रधानले निर्देशन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>