अर्थ

आर्थिक अभावमा क्यान्सरपीडित थापाको भारतमा बिचल्ली

Banner

कञ्चनपुर, पुस २२-

जिब्रोको क्यान्सरबा पीडित शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका दलबहादुर थापाको आर्थिक अभावमा भारतको मुम्बईमा बिचल्ली भएको छ । खर्च अभावका कारण मुम्बइस्थित अधेरी अस्पतालमा थापाको उपचार प्रभावित भएको छ ।

थापाको जिब्रोको शल्यक्रिया गरिएको छ । थप उपचारका लागि रकम अभाव भएको थापाका साथी अमरबहादुर साउदले भन्नुभयो, “अस्पतालले उपचार रकम माग गर्न थालेको छ, परिवारजनले उपचार खर्च जुटाउन सकेका छैनन् ।” थापासँग जग्गाको नाममा चार धुर मात्र छ । भारतमा लामो समयदेखि चौकीदारी गर्दै आएका उहाँको पाँच जनाको परिवार छ ।

“आफँै बिरामी परेपछि परिवारको समेत बिचल्ली भएको छ”, साउदले भन्नुभयो । जिब्रोको शल्यक्रिया गरेको शुल्क अस्पताललाई तिर्न बाँकी छ । पैसा दिन नसक्दा हाल उहाँको उपचार बन्द छ । थापालाई अस्पतालबाट घर ल्याउनसमेत दिइएको छैन । बेलडाँडीका युवाले केही सहयोग रकम जम्मा गरेका छन् । सो रकम न्यून भएको स्थानीय भरतबहादुर साउदले बताउनुभयो । “त्यो रकमले मुम्बई पुग्नै सकिँदैन । अन्य कुनै निकायले सहयोग गरे मुम्बईसम्म पुग्न सकिन्थ्यो”, उहाँले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>