कर्पोरेट

बैँक अफ काठमाण्डुले ल्यायो स्मार्ट सेभिङ एकाउन्ट

Banner

चितवन, पुस १८-

बैँक अफ काठमाण्डु लिमिटेडले ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले बीओके स्मार्ट सेभिङ एकाउन्ट ल्याएको छ ।

बैँकले आज सार्वजनिक गरेको विज्ञप्ति अनुसार ‘कारोबार अब अझ फटाफट’ भन्ने मूल नाराका साथ बैँकिङ सेवामा थुप्रै छुटको साथ उच्चतम ब्याजदरको ब्यवस्थासहित बैँकले उक्त बचत खाता सञ्चालनमा ल्याइएको उल्लेख छ ।

उक्त बचत खातामार्फत् ग्राहकले प्रविधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्ने विज्ञप्तिमा जनाइएको छ । यस बचत खाता खोल्दा ग्राहकले ६.५५ प्रतिशत वार्षिक ब्याजदरसहित मोबाइल बैँकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सकिने जनाइएको छ । विज्ञप्तिमा थुप्रै छुट अनि धेरै सुविधासहित बैँकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहकको बैंकिङ कारोबारमा अझै सहजता बनाउने विश्वास बैँकले लिएको विज्ञप्तिमा जनाइएको छ ।

हालसम्म बैंक अफ काठमाण्डु लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>